+
+
Shares

सप्तरीका बाढी पीडितलाई भेटेर गृहमन्त्रीले भने- मन्त्रालय तपाईंको साथमा छ

'बाढी पसेको ठाउँमा फेरि घर बनाएर समस्याको समाधान हुँदैन'

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते १४:३७

२३ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई बाढी पीडितको बास, गाँस र स्वास्थ्य उपचारमा ध्यान दिन निर्देशन दिएका छन् । उनले यसमा कुनै समस्या आए मन्त्रालयले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री शर्मा शुक्रबार सप्तरी पुगेका थिए ।  तिरहुत गाउँपालिका-५ भेडियाका बाढी पीडितहरुसँगको भेटमा मन्त्री शर्माले बाढी प्रभावितहरुको पक्षमा गृहमन्त्रालय सधैं साथमा रहने बताए ।

औपचारीक कार्यक्रमलाई सम्वोधन गरेपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले दिर्घकालिन योजना बनाएर बाढी प्रभावितहरुको ब्यवस्थापन गर्नुपर्ने बताए ।

‘स्थानीय सरकारसँग मिलेर बस्ती विकासको योजना बनाउनुपर्छ,’ उनले भने, ‘बाढी पसेको ठाउँमा फेरि घर बनाएर समस्याको समाधान हुँदैन ।’

असार १६ गते स्थानिय महुली खोलामा आएको बाढीले तिरहुत गाउँपालिकाका करिब १५ सय घर परिवार प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?