झरीमा वेपर्वाह भिज्न पाउँदा बच्चाहरु खुसीले रमाउँछन् । उनीहरु पानीमा उन्मुक्त खेल्न चाहन्छन् । यो गर्मीमा मौसममा वेपर्वाह पानीमा भिज्नुको आनन्द पनि बेग्लै हुन्छ । तर, बच्चालाई पानीमा खेल्न दिँदा बिमारी हुने भय हुन्छ ।
तर, चिन्ता लिनुपर्दैन । केहि सावधानी अपनाउने हो भने, तपाईको बच्चाले वर्षाको आनन्द त उठाउन पाउँछन्, नै संक्रमणको भय पनि हुँदैन । कसरी त ?
रोग प्रतिरोधक क्षमता बढाउने
मनसुन चिसो, रुँघा तथा हावापानीले हुने संक्रमणको समय हो । यस मौसममा हुने रोगबाट बच्न औषधी सेवन गराउने भन्दा पनि बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम राम्रो हो । यसका लागि भिटामिन सियुक्त खानेकुरा सेवन गराउनुपर्छ । यसलाई सब्जी र फलद्वारा लिनु राम्रो हो ।
कोठाको तापमान अनुकुल राखौ
पानी परेको बेला मौसम चिसो हुन्छ । घाम लाग्दा चर्को गर्मी र पानी परेको बेला अचानक चिसो हुन्छ । यसले तापमानमा आउने बदलावले बच्चालाई बिमारी बनाउँन सक्छ । त्यसैले संभव भएसम्म घरको तापमान सन्तुलित राख्ने प्रयास गरौ ।
घरबाहिरको खानेकुरामा बन्देज
पखला लाग्नु वा फूड पोइजनिङ हुनु मनसुनमा आम कुरा हो । बाहिरको पानीले कतिपय घातक बिमारी पनि हुनसक्छ । घर बाहिर बनाइएको खानेकुरा निकै संक्रमित हुन्छ, यसबेला । अर्कोतिर त्यस्ता खनेकुरा सजिलै पच्दैन पनि । त्यसैले घरबाहिरको खानेकुरा खान दिन हुँदैन ।
घरमै प्राथमिक उपचार
कतिपय सावधानी अपनाउँदा अपनाउँदै पनि बच्चाहरु बिमारी पर्न सक्छन् । पखला लाग्न सक्छ, रुँघाखोकीले सताउन सक्छ, ज्वरो आउन सक्छ, छालामा संक्रमण हुन सक्छ । त्यसैले यस्ता बिमारबाट बच्नका लागि घरमै प्राथमिक उपचारको व्यवस्था गर्नुपर्छ । घरमा कफ सिरफ, भिटामिन सिको चक्की, ज्वरोको औषधी, बाम आदि राख्नुपर्छ ।
अन्य उपयोगी टिप्स
– यदि बच्चा पानीमा भिजेको छ भने उसलाई तातो पानीले नुहाइदिनुपर्छ ।
– बच्चाको खुट्टा जहिलेपनि सुख्खा राख्नुपर्छ ।
– बच्चालाई झार, जंगल भएको स्थानमा खेल्न जान दिनु हुन्न ।
प्रतिक्रिया 4