Comments Add Comment

बुर्कामा लुक्दै अदालत पुगेर आत्मसमर्पण गरिन् राखीले

बलिउडकी ड्रामा क्वीन राखी सावन्त हालै पञ्जाबको लुधियाना शहरको अदालतमा बुर्काभित्र लुकेर पुगिन् । रामायणका रचयिता वाल्मिकीमाथि आपत्तिजक टिप्पणी गरेपछि उनी अदालती चक्करमा परेकी हुन् ।

राखीविरुद्ध लुधियानाको ज्यूडिसियल मेजिस्ट्रेट कोर्टमा मुद्दा दायर गरिएको थियो । अदालतमा प्रस्तुत भएपछि न्यायिक मजिस्ट्रेट विश्व गुप्ताले राखीको जमानत स्वीकार गरेका छन् ।

राखीका विरुद्ध अदालतले २ जूनमा गैरजमानति वारेन्ट जारी गरेर लुधियानाको प्रहरी आयुक्तलाई ७ जुलाईभन्दा अगाडि अदालतमा राखीको पेशी सुनिश्चित गर्न भनेको थियो । यसभन्दा अगाडि ९ मार्चमा पनि राखीविरुद्ध पक्राउ वारेन्ट जारी भएको थियो । अदालतको तर्फबाट बारम्बार ‘समन’ पठाइए पनि राखी ९ मार्चमा भएको मुद्दाको सुनवाईमा पेश भएकी थिइनन् ।

बिहिबार मानिसहरुको नजरबाट जोगिनका लागि राखी बुर्कामा अदालत पुगिन् र आत्मसमर्पण गरिन् । अदालतले एक-एक लाख भारुको दुई मुचुल्कामा राखीको जमानत मन्जुर गर्‍यो । त्यसपछि उनी मुम्बईतिर लागिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment