Comments Add Comment

खोटाङ-कुवेत सम्पर्क मञ्चको वार्षिकोत्सव

९ जुलाई, कुबेत । खोटांग-कुवेत सम्पर्क मञ्चले छैटौँ वाषिर्कोत्सव तथा तेश्रो अधिबेशन शुक्रबार भब्यरुपमा सम्पन्न गरेको छ ।

नेपाली राजदूतावास कुबेतका द्वितीय सचिव ज्ञानबहादुर मगरको प्रमुख अथिति रहेको कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष मञ्जित राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

केदार आले मगरको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा संस्थाको प्रतिवेदन रेवती भट्टराईले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन रमेश किराँती र नैनाकला राईले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा जिफन्ट कुबेतका अध्यक्ष अर्जुन बस्नेत, तमु समाजका अध्यक्ष खोप गुरुङ, भोजपुर सेवा समाजका अध्यक्ष कोशराज राई, तामाङ्ग घेदुंगका अध्यक्ष अमृत तामाङ, पत्रकार जय आले, नारायण पोख्रेल, दिल पाखि्रन, मधु मगर, माया साम्पाङ राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

अम्मर खड्काले गजल वाचन र देवान खड्काको हास्यव्यंग्य प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको कार्यक्रममा किराँत राई यायोक्खाका कलाकारहरुले जातीय भेषभुषामा सजिएर साकेला सिली नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रमको बिचबिचमा बिभिन्न मनोरञ्जनात्मक एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्थालाई सहयोग पुर्‍याउने कुबेतका नेपाली मिडिया, सहयोगी संस्था र ब्यक्ति बिशेषलाई मञ्चले सम्मान गरेको थियो भने कुबेत बसाईलाई अन्त्य गर्दै स्वदेश र्फकन लागेका मञ्चका सल्लाहकार रेवती भट्टराई र सक्रिय सदस्य श्याम गुरुङलाई मायाको चिनोसहित बिदाई गरिएको थियो ।

विद्यालयलाई सहयोग गर्नेलाई सम्मान

साथै केही महिना पहिले केदार आले मगरबाट कुबेतमा चलाईएको सुन्तले प्रा.बी. को सहयोगार्थ आर्थिक संकलन अभियानमा सहयोग पुर्‍र्याउने सबैलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

तेस्रो अधिबेशनले संरक्षकमा मन्जित राई, बरिष्ठ सल्लाहाकार रेवती भट्टराई, अमित चाम्लिङ, सल्लाहाकारहरुमा खड्ग कटवाल, रमेश किराँती र चन्ऽ तामाङ्गलाई चुनेको छ भने नब गठित कार्यसमितिको अध्यक्षमा प्रेम कटवाल सर्वसहमत चयन भएका छन ।

त्यसैगरी उपाध्यक्षमा केदार आले, नैनकला राई र मोहन राई, महासचिव जितबहादुर खड्का, सचिव बिष्णुप्रसाद भट्टराई सहसचिव शुनिता रुपाबुङ राई कोषाध्यक्ष लाल बहादुर गुरुङ र सहकोषाध्यक्ष सुजाता पुमा राई चुनिएका छन् ।

संस्थालाई अझ सशक्त बनाउन बिभिन्न विभागहरु समेत गठन गरिएको छ ।

संगठन बिभाग प्रमुखमा दिनेश श्रेष्ठ, संचार प्रमुखमा युवक राई, खेलकुद प्रमुखमा पन्चु राई, युवा प्रमुखमा प्रकाश चाम्लिङ राई, युवा,उपप्रमुखमा उमेश राई कलाकार प्रमुखमा सविन दुमि राई, कलाकार उपप्रमुखमा गणराज राई, कलाकार उपप्रमुखमा यदुराज राई प्रचारप्रसार बिभाग प्रमुखमा युवराज राईलाई तोकिएको मन्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment