Comments Add Comment

जरसिंह पौवा पहिलो ‘डिजिटल भिलेज’ बन्दै


२५ असार, काठमाडौं । काठमाडौं शंकरापुर नगरपालिकाको जरसिंह पौवा गाँउ नेपालकै पहिलो ‘डिजिटल भिलेज’ बन्ने भएको छ ।
नेपाल एसबीआई बैंकले सो गाँउलाई नगद रहित गाँउको रुपमा बिकास गर्ने उदेश्यले बिभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्ने भएको छ । यसको लागि बैंकले गाँउका पसल पसलमा पिओएस मेसिन जडान गरिदिएको छ । यसले अब स्थानीयहरुले नगदको सट्टा डेबिड कार्डको माध्यमबाट आफुले खरिद गरेको सामान भुक्तानी दिन सक्ने छन् ।

बैंकले त्यहा पर्याप्त मात्रामा एटिएम मेसिन र केही क्यास रिसाइकलर मेसिन पनि जडान गरिदिएको छ । क्यास रिसाइकलर मेसिनको साहयताले नै बैंकका ग्राहकहरुले निक्षेप जम्मा गर्न सक्नेछन् । बैंकले इन्टरनेट बैंकिङको सुविधा दिन गाँउमा फ्रि वाइफाईको सुविधा पनि दिएको छ । बैंकले स्थानीयहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने उदेश्यले ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याएको छ । काठमाडौं र सिन्धुपालचोक जिल्लाको सिमानाको रुपमा रहेकोले बैंकले यो गाउँलाई छनौट गरेको बताएको छ ।

बैंकले सुरु गरेको सेवाको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र एसबीआइ बैंक अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत अरुन्धती भट्टाचार्यले संयुक्त रुपमा गरेका छन् ।

बैंकले दरबार मार्गमा पनि इन टच आउटलेट सञ्चालनमा ल्याएको छ । यो केन्द्रबाट पनि सबै खाले डिजिटल सेवा प्रदान गरिने भएको छ । यहा चेक जम्मा गर्न सकिने मेसिन समेत जडान छ । यो केन्द्रमा ग्राहकलाई यन्त्र मानवले सम्बन्धित सेवा दिन निर्देशीत गर्नेछ । यो केन्द्रबाट ग्राहकले आफैले बैंक खाता खोल्न सक्ने छ भने तुरुन्तै डेभिड कार्ड प्रिन्ट गर्न सकिने, एटिएम पिन जारी गर्न सक्ने लगायतका सुविधा पाउने छन् ।

शुक्रवार नेपाल आएकी भट्टाचार्य तीन दिने भ्रमण सकिएर आइतवार भारत प्रस्थान गर्ने भएकी छिन् । भट्टाचार्यले नेपाल बसाईको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलार्य समेत भेटिकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment