२५ असार, काठमाडौं । मदन पुरस्कार गुठीले ०७३ सालमा निस्किएका कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरेको छ ।
पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनोट गरिएको गुठीले जनाएको छ ।
गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा नौ पुस्तक छनोट गरिएको र मनोनयनमा परेका यिनैमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइनेछ ।
गत वर्ष ७ पुस्तकको श्रेष्ठ सूची निकालेको गुठीले यसपाली नौ पुस्तकको नाम छनोट गरेको छ । विगत वर्षमा एकैचोटि विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो ।
यसपाली श्रेष्ठ सूचीमा परेका र मदन पुरस्कारको दौडमा रहेका नौ कृति यस प्रकार छन्:
१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा (इतिहास/सम्पदा) – पुरूषोत्तमलोचन श्रेष्ठ
२) छाउघर (उपन्यास) – राज सरगम
३) तपन (उपन्यास) – शरद पौडेल
४) दोहाको सीधा उडान (नियात्रा) – जय छाङ्छा
५) धृतराष्ट्र (खण्डकाव्य) – घनश्याम कँडेल
६) प्रतिनायक (कथासंग्रह) – हरि अधिकारी
७) म स्त्री अर्थात् आइमाई (कवितासंग्रह) – सीमा आभास
८) शुक्रराज शास्त्रीको चस्मा (कथासंग्रह)- राजेन्द्र पराजुली
९) सगरमाथाको गहिराइ (कवितासंग्रह) – नवराज पराजुली
- मदन पुरस्कार गुठीको विज्ञप्ति:
प्रतिक्रिया 4