+
+

बालबालिका पनि आन्दोलनमा !

एस.के. शान एस.के. शान
२०७४ असार २५ गते १८:१४

२५ असार, सप्तरी । पछिल्लो समयमा सबैभन्दा बढी आन्दोलन गर्ने जिल्लाको रुपमा सप्तरी चिनिएको छ । आन्दोलनका क्रममा शैक्षिक संस्थाहरु समेत बन्द गर्ने गराइन्छ । २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा ६ महिना विद्यालय पनि ठप्प रह्यो ।

तर, अब कुनै विद्यालय बन्द गराउन पाइँदैन भन्दै बालबालिकाहरु पनि आन्दोलनमा उत्रिएका छन् । कुनै पनि बन्द, हड्तालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग राख्दै बालबालिकाहरु आन्दोलन शुरु गरेका छन् ।

बाल क्लब संजाल राजविराज समिति र राजविराज ३ स्थित लालीगुराँस बाल क्ल्वका केही रिले अनसनमा छटन् । राजविराजको गजेन्द्र चोकमा उनीहरु २४ असारदेखि रिले अनसन प्रारम्भ गरेका छन् । लालीगुराँस बाल क्लबका अध्यक्ष जिकाउल्लाह अनसन बसेका छन् ।

बालबालिकाहरुले कुनै पनि आन्दोलनमा विद्यालय बन्द नहुने गरी विद्यालयलाई पूर्ण रुपमा विद्यालय शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग अघि सारेका छन् । आफ्ना मागहरु पूरा गर्न यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत् राष्ट्रपति, प्रधानमन्त्री र शिक्षामन्त्रीलाई बुझाएपनि कुनै किसिमको ध्यान नदिएकाले आफूहरुलाई बाध्य भएर अनसन बस्नुपरेको जिल्ला बाल क्लव संजालका अध्यक्ष अमर यादवले जानकारी दिए ।

यादवलसहितका बाल क्ल्व संजालका पदाधिकारीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै सम्बन्धित निकायले आफूहरुको मागप्रति तदारुकता नदेखाए मंगलबारदेखि जिल्ला बाल क्लव संजालका पदाधिकारीसहित बिभिन्न बाल क्ल्वका सदस्यहरु पनि अनसनमा बस्ने बताए ।

बाल क्ल्व संजालका राजविराज नगर अध्यक्ष आशीष गुप्ताले बालबालिकाको मागलाई वेवास्ता गरे भोलिका दिनमा यसले भयावह रुप लिने भएकाले आ-आफ्नो तबरबाट माग पूरा गराउन ध्यान दिन सबैसँग आग्रह गरे । बाल क्लब संजाल राजविराजका सचिव शौरभ यादवले बालबालिकालाई पीडामा पार्ने समस्याहरु रहेका कारण मागहरु भएकाले अबिलम्ब पूरा हुनुपर्ने बताए ।

के छ मागहरु ?

सप्तरी बालबालिकाहरुले शिक्षकहरुप्रति पनि आशंका व्यक्त गर्दै केहि मागहरु अघि सारेका छन् । उनीहरुले देशभरिकै शिक्षकहरुको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कार्वाही गर्न माग गरेका छन् ।

उनीहरुले समयमा विद्यालय खोल्न लगाउनुका साथै कक्षा नलिने शिक्षकलाई कार्वाही गर्नुपर्ने माग पनि राखेका छन् । कक्षा १२ सम्मको रजिष्ट्रेशन र्फम, परीक्षा र्फम र प्रयाक्टिकल र्फम निःशुल्क हुनुपर्ने, एक कक्षा उत्तिर्ण गरी अर्काे कक्षामा जानको लागि पुनः भर्नाको जार्च लिन बन्द गर्नुपर्ने, हरेक सरकारी विद्यालयमा बैशाख २५ गतेभित्र किताव पुर्‍याउनुपर्ने र समयमै विद्यार्थीहरुलाई किताव दिनुपर्ने माग राखेका छन् ।

सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्री शिक्षा सबै विद्यार्थीलाई प्रदान गर्नुपर्ने र विद्यालयबाट टाढा रहेको बालबाकिलालाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, विद्यालयमा लगानी गर्ने मात्र नभई पठनपाठनको अवस्थाबारे अनुगमन व्यवस्था भिलाउनुपर्ने र विद्यालयबाट पढाईको अवस्थाबारे जानकारी लिनुपर्ने र कमी कमजोरी भए पहल गर्नुपर्ने, शिक्षामा सुधार गर्नका लागि केन्दि्रय स्तरबाटै नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।

किताब कम्पनीहरुले निजी विद्यालयहरुमा किताव लगाउँदा रकमको चलखेल भइरहेको पाइएको बताउँदै बालबालिकाहरुले यरबो खोज गरी दोषीलाई कार्वाही गर्नुपर्ने, विद्यालय नभएको ठाउँमा विद्यालय स्थापना गर्नुपर्ने, मदर्साहरुलाई अन्य विद्यालय सरह भौतिक संरचनायक्त बनाउनुपर्ने, विद्यार्थीहरुको शारीरिक र मानसिक विकासको लागि समय-समयमा बिभिन्न प्रतियोगिताको व्यवस्था मिलाउनुपर्ने, कुनै पनि जातजातिको चाडपर्वको बीचमा कुनै किसिमको परीक्षा लिन नपाइने र कितावको मनपरी मूल्य बन्द गराउनुपर्ने माग राखेका टन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?