Comments Add Comment

फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि १३ को उम्मेदवारी

जित्नेमा एमाले ढुक्क

२४ असार, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको नगर कार्यपालिकाको ८ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ ।

नगरसभामा बहुमत सदस्य रहेको दाबी गर्दै आएको एमालेले आवश्यक ८ पदका लागि ८ जनाकै उम्मेदवारी दर्ता गरेको छ भने नेपाली कांग्रेसले ८ जनामा ५ जनाको मात्र उम्मेदवारी दिएको छ ।

सहायक निर्वाचन अधिकृत प्रकाश गौतमले नगर कार्यपालिकाका लागि चाहिने ८ पदमा काँग्रेस र एमालेले गरी १३ जनाको मनोनयन दर्ता भएको जानकारी दिए । गौतमका अनुसार, प्रत्येक वडाबाट निर्वाचित महिला सदस्य भित्रका ५ तथा आम मतदाता भित्रबाट दलित वा अल्पसंख्यक समुदायका ३ गरी नगर कार्यपालिकामा थप ८ जना निर्वाचित हुनेछन् ।

यसरी निर्वचित हुने ८ र नगर कार्यपालिकामा नगरका प्रमुख–उपप्रमुख तथा प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष रहेको समिति बन्ने छ । यसले नगरको सरकारको रुपमा काम गर्नेछ ।

सहायक निर्वाचन अधिकृत गौतमका अनुसार, ५ महिला सदस्यका लागि एमालेले फुङ्लिङ– ८ बाट निर्वाचित नर्वदादेवी भण्डारी, ११ बाट निर्वाचित वर्षा इजम, ९ बाट निर्वाचित कविता नेपाली (दमाइ), २ बाट निर्वाचित चन्द्रकला कार्की र ३ बाट निर्वाचित सरस्वती भारती(पुरी) को मनोनयन दर्ता गराएको छ ।

५ महिला सदस्यका लागि नेपाली कांग्रेसले ३ जनाको मात्र मनोनयन दिएको छ । कांग्रेसले फुङ्लिङ नगरपालिका–४ बाट निर्वाचित जसोदा गुरुङ र वडा–६ बाट निर्वाचित टीकामाया शिवा र प्रमिला गुरुङको मनोननयन दर्ता गराएको छ ।

आम मतदाता भित्रका दलित वा अल्पसंख्यक मध्येबाट नगर कार्यपालिकामा जानुपर्ने ३ सदस्यका लागि एमालेले फुङ्लिङ–४ का दावा शेर्पा र नेताकुमारी परियार (शिवा) तथा वडा नम्बर ६ का कृष्ण खवासको मनोनयन दर्ता गराएको छ ।

यसै पदमा नेपाली कांग्रेसले अल्पसंख्यकबाट दावा छेतेन शेर्पा र दलितबाट उमेश शिवाको मनोनयन दर्ता गराएको छ । नगर कार्यपालिकाको ८ पदका लागि आउँदो ३१ गते मतदान हुने कार्यक्रम छ ।

गएको असार १४ गतेको निर्वाचनबाट नगरसभामा निर्वाचित ५७ जना ८ पदको छिनोफानोका लागि मतदाता रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment