Comments Add Comment

अजय देवगणका कारण सञ्जयदत्तले छाडे यो फिल्म

दोहोरो अर्थ लाग्ने डाइलगहरु रहेकाले आफूले डबल धमाल’ को सिक्वेल ‘टोटल धमाल’ छोडेको सञ्जय दत्तले दावी मिडियासँग गरेका थिए । तर, उनको दावी झूट ठहरिएको छ ।

उनले भनेका थिए, ‘मेरा बच्चाहरु ठूला हुँदैछन् र म चाहन्न कि उनीहरुले मलाई यस्ता खालका फिल्ममा देखुन् ।’

तर, सञ्जयले साइन गरेका आगामी फिल्म अत्यन्तै बोल्ड विषयवस्तुमा आधारित रहेको खुलासा भएको छ । यो फिल्मको नाम हो, ‘साहेब बीबी र ग्यांगस्टार ।’ यसमा सञ्जयले ग्यांगस्टारको भूमिका निभाउनेछन् ।

त्यसो भए टोटल धमाल किन छोडेका रहेछन् त सञ्जयले ?

सूत्रका अनुसार उनले यो फिल्म छोड्नुको कारण हो अजय देवगण यसमा जोडिनु । अजयलाई पनि यसमा खेलाइन लागेको थाहा पाउनासाथ सञ्जय फिल्मबाट पछि हटेका थिए । जबकि यो एउटा हिट फ्रेन्चाइजी हो ।

पछिल्लो समय बलिउडमा अजयको ठूलै स्टारडम छ । यता, सञ्जय दत्त लामो समयपछि पुनरागमन गर्दैछन् । त्यसैले आफ्नो तुलनामा अजयलाई बलियो भूमिका दिइने आशंका गर्दै उनले फिल्म छोडेका छन् ।

सञ्जय दत्त र अजय देवगणले १२ वटा फिल्म सँगै गरिसकेका छन् । यी फिल्ममा सन अफ सरदार, अल द बेस्ट, एलओसी कारगिल, हम किसीसे कम नहीँ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment