+
+

गाउँपालिकाको दुःखः जनप्रतिनिधिलाई पदभार गराउन भारतको बाटो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २६ गते १०:५०

२६ असार, दाङ । दाङको गढवा गाउँपालिका प्रमुख सहजराम यादव कपिलवस्तुको कृष्णनगर हुँदै भारतको बाटो प्रयोग गरेर आफ्नै गाउँपालिकाको वडा नम्बर ८ कोइलाबास पुगे । त्यहाँ निर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण कार्यक्रम राखिएको थियो ।

गाउँपालिकाको केन्द्र गढवाबाट कोइलाबास पुग्न ३० किलोमिटर टाढा पर्छ । तर, वर्षाको कारण बाटो विग्रिएपछि कोइलाबास पुग्न भारतको बाटो प्रयोग गर्नुपरेको हो । गढवाबाट कृष्णनगर, कृष्णनगरबाट पश्चिमतर्फ भारतको तुल्सीपुर हुँदै दाङको कोइलाबास पुगिन्छ । यही घुमाउरो र लामो बाटो प्रयोग गरेर गाउँपालिका अध्यक्ष सहजराम यादव कोइलाबास पुगेका थिए । पदभार ग्रहण गराउनेदेखि कोइलाबास बजारको अवलोकन पनि गरिएको छ ।

‘वर्षाले गर्दा बाटो विग्रिएको छ, वडा नं. ८ कोइलाबासमा निर्वाचित जनप्रतिनिधिहरुलाई पदभार ग्रहण गराउन कृष्णनगरबाट भारतको बाटो हुँदै कोइलाबास आइपुगेको छु,’ उनले भने, ‘आउँदो वर्ष कोइलाबासको बाटो बन्छ, बजार पनि पहिलेको भन्दा सुधार गर्नेतर्फ योजना बनाउँदै छौं ।’

नेपाल सरकारले गढवा–कोइलाबास सडक कालोपत्रेको लागि टेण्डर निकालिसकेको छ । र, अहिले अन्तिम सर्भे गर्ने काम चलिरहेको छ ।

भारतीय सीमा बजार कोइलाबास दाङको एउटा सिंगो गाविस थियो । तर, अहिले एउटा वडामा सीमित बनेको छ । सो वडामा माओवादी केन्द्रबाट सद्धाम सिद्धिकीको प्यानल विजयी भएको थियो । गाउँपालिका अध्यक्षमा भने सहजराम यादव निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?