+
+
Shares

‘प्रेम कि काम’, आँचलको चर्चा कुन कारणले बढी ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २६ गते १४:०७

नायिका आँचल शर्माको सुन्दरताले धेरैलाई मोहित बनाएको छ । आँचल नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनले एक प्रकारको चर्चा पाइन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलको यो बाहेक अन्य चलचित्र रिलिज भएको छैन । यसैले पनि उनको करिअर कुन मोडमा अगाडि बढ्छ भनेर विश्लेषण गर्दा हतारो हुनसक्छ ।

जेठ १९ गतेबाट उनी अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ रिलिज हुने कुरा थियो । तर, यसको प्रदर्शन मिति भदौ ३० मा पुगेपछि आँचल अहिले चलचित्र ‘ब्ल्याक’को छायांकनमा व्यस्त छिन् ।


आँचलको चर्चा नायक पल शाहसँगको प्रेमका कारण बढी हुने गरेको छ । भलै, आँचल र पलले प्रेमलाई स्विकार भने गरेका छैनन् । तर, मिडियामा आउने प्रेमको खबरले आँचलको चलचित्र करिअर भने ओझेलमा परेको छ ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?