Comments Add Comment

धरान उपमहानगरमा एमालेको हृयाट्रिक, मेयर बने तारा सुब्बा

२६ असार, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । यससँगै दोसो चरणको चुनावमा एमालेले ५ उपमहानगरसहित १५१ स्थानीय तह जितेको छ र पहिलो पार्टी कायमै रहेको छ ।

सोमबार साँझ सकिएको मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उपमेयरमा निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित राईले २० हजार ९७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका छन् ।

उपमेयरमा एमालेकी मन्जु भण्डारी सुवेदीले २१ हजार २५६ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत पाइन् । उपमेयरमा संघीय समाजवादी फोरम नेपालका पारस राईको पक्षमा ५ हजार १८१ मत परेको छ ।

तारा सुब्बाको टिमको बिजयसँगै धरानमा एमालेले हृयाट्रिक गरेको छ । यसअघि २०४९ मा एमालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयर निर्वाचित भएका थिए ।

उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।

एमाले वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नं. १७ जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment