Comments Add Comment

राजविराज जेसीज हलमा आगजनी, सम्पूर्ण फर्निचर जल्यो


२७ असार, सप्तरी । अज्ञात व्यक्तिहरुको एक समूहले राजविराजको रुपनी मोडस्गिथत राजविराज जेसीजको कार्यालयमा आगो लगाएका छन् । आगजनीबाट जेसीजको लाखौं क्षति भएको छ ।

सोमबार राति अज्ञात समूहले जेसीज कार्यालयको हलभित्र आगो लगाउँदा कुर्सीसहितका फर्निचरहरु जलेर नष्ट भएको हो । ‘हल भाडामा लिई सञ्चालन गर्दै आएका सवल नेपालका परमेश्वर झाले भने, ‘आगजनीबाट ३० वटा प्लाष्टिकका कुर्सी जलेको छ भने भुइँमा ओछ्याइएको कार्पेट पनि जलेर नष्ट भएको छ ।’

आगजनी कसले गरेको हो भन्नेबारे केही खुल्न सकेको छैन् । प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment