Comments Add Comment

‘सिग्नेचर’को शो सम्पन्न, नम्रता भन्छिन्-प्रेमी छाड्नुको कारण थाहा छैन’


वास्तविक जीवनकथामा आधारित भनिएको चलचित्र ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो । सोही अवसरमा चलचित्रको प्रदर्शन समेत गरिएको थियो । प्रदर्शनीसँगै चलचित्रका कलाकारले दर्शकसँग अन्तरसंवाद गरेका थिए ।

जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद पौडेलले सुटिङमा चुरोट सेवन गुर्नपर्दा गाह्रो भएको अनुभव सुनाए । ‘चलचित्रमा मेरो भूमिका दुव्र्यसनीको छ भन्ने मलाई थाहा थियो । जिन्दगीमा चुरोट पनि नखाएको मान्छे चलचित्रमा दुव्र्यसनीको भूमिका गर्दा गाह्रो भयो,’ उनले भने । भूमिकामा डुब्न थुप्रै दुव्र्यसनीसँग संगत गरेको उनको भनाई थियो ।

विनोदकी प्रेमिकाका रूपमा नायिका नम्रता सापकोटाले अभिनय गरेकी छिन् । अभियनका हिसाबले उनको यो पहिलो चलचित्र हो । चलचित्रमा आस्था बनेकी नम्रताले विनोदलाई छोड्ने र अर्कोसँग विवाह गर्ने सन्र्दभ छ । छलफलका क्रममा दर्शकले नम्रताले प्रेमी छाड्ने कारणका सम्बन्धमा जिज्ञासा राखेका थिए । नम्रताले विनोदलाई छाड्नुका कारण आफूलाई पनि थाहा नभएको बताइन् । ‘नढाँटी भन्नुपर्दा यसकोे कारण मलाई पनि थाहा छैन । मेरै मनमा पनि योे प्रश्न नाचिरहेको छ,’ नम्रताले भनिन् ।

निर्देशक तथा निर्माता सागर उद्गमले हल नभएका स्थानमा पनि चलचित्र देखाइने बताए । चलचित्रमा विनोद, नम्रता र सन्दिप क्षेत्रीसँगै जीवनसाथी बस्नेत, निर्णय श्रेष्ठ, जेबी डीसी, सरिता गिरी, प्रज्ञा जोशीलगायतको अभिनय छ । सागर र प्रकाश सुवेदीले मिलेर यो चलचित्र बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment