Comments Add Comment

पोखरामा हतियारसहित ८ जना पक्राउ

फाइल तस्वीर

२७ असार, पोखरा । पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट ग.२ च. ४१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा तनहुँ दुलेगौंडाका ८ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । हतियार कहाँबाट किन लिएर आएका हुन् भन्नेबारेमा अनुसन्धान भईरहेको उनले बताए ।

पक्राउ परेकाहरु जग्गा कारोबारी रहेको बताइएको छ । उनीहरु मध्ये केही यसअघि पनि तनहुँमा हतियार खरखजाना मुद्धामा पक्राउ परेर कार्वाही भोगिसकेको अधिकारीले जानकारी दिए ।

शंकास्पद बस्तु बम नभएको पुष्टि

यसैबीच पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० ईन्द्रचोकमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको कालिभञ्ज्याङ गणबाट आएको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु बम नभएको पुष्टि गरेको हो ।

प्लाष्टिकले बेरेर राखेको समान खोल्दा रङ्गको बट्टामा केही तारहरु राखेको भेटिएको प्रहरीले जनाएको छ । स्थानीयलाई त्रसित बनाउन रङ्गको बट्टा (भाँडो) भित्र तार राखेर प्लाष्टिकले बेरेर चोकमा राखेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment