+
+
Shares

एमालेको भोटबाट आत्तिएर राष्ट्रपतिले गाडी किन्न १६ करोड मागेको स्याल हुइँया चलाइयोः ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते १६:५०

२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा आफ्नो पार्टीले धेरै भोट ल्याएपछि आत्तिएकाहरुले राष्ट्रपतिले गाडी किन्न १६ करोड माग्यो भनेर प्रचार गरेको बताएका छन् । उनले महिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई चुनौती समेत दिएका छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा ओलीले राष्ट्रपतिको बचाउ गरेका हुन् । एमालेले धेरै भोट पाएपछि केहीको मन भतभती पोलेको भन्दै उनले भने, ‘राष्ट्रपतिले गाडी किन्न १६ करोड माग्यो भनेर स्याल हुइँया चलाइएको छ ।’

एमालेले अब हुने चुनावमा पनि धेरै भोट पाउने भन्दै उनले यसलाई बानी पार्न सुझाव दिए ।

एमालेले अवसर पाउँदा महिलालाई राष्ट्रपति बनाएको भन्दै उनले महिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई चुनौती समेत दिए । हालै भएको स्थानीय चुनावमा पनि एमालेबाट धेरै महिलाले जितेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?