Comments Add Comment

फेसनमा गरिने यी गल्ती, जसले तपाईलाई रोगी बनाउँछ


पहिरन अब लाज ढाक्ने बस्त्र मात्र रहेन, समग्र व्यक्तित्वकै एउटा हिस्सा बनेको छ । आकर्षक व्यक्तित्वका लागि पहिरनको भूमिका अहंम छ । समायनुकुल र शरीर सुहाउँदो पहिरन अहिलेको आवश्यक्ता बनेको छ ।

स्टाइल स्टेटमेन्ट पनि हो, यो । अहिले बजारमा थरीथरीका बान्की एवं रुपरंगका पहिरन उपलब्ध छन्, जसले फेसनेवल पुस्तालाई लोभ्याउने गर्छ । समयानुकुल पहिरन लगाउनु एवं फेसनेवल हुनु आफैमा राम्रो हो । यद्यपी हामी फेसनको चक्करमा यस्तो पहिरन लगाइरहेका हुन्छौ, जो स्वास्थ्यका लागि हानिकारक हुन्छ । कसरी ?

कस्तो फेसन हानिकारक ?

अक्सर फेसनमा फिटिङ्स पहिरन चल्छ । तर, धेरै कसिलो लुगा लगाउँदा त्यसले शरीरको रक्त प्रवाहमा वाधा पुर्‍याउँछ । यस्तै गलत साइजको ब्रा लगाउनु, गह्रौं हाते ब्याग झुन्ड्याउनु स्वास्थ्यका लागि प्रतिकुल हुन्छ ।

१. हाइ हिल

युवतीहरु हाइ हिल लगाउन रुचाउँछन् । कति पहिरनसँग यसको राम्रो कम्बिनेसन पनि मिल्छ । यसले स्वभाविक रुपमा उचाई बढाउँछ । फलतः लगाएको पहिरन सुहाउँदिलो देखिन्छ ।

तर, लामो समय वा नियमित रुपमा हाइ हिल लगाउँदा स्वास्थ्यमा असर गर्छ । खासगरी यसले घुँडामा अतिरिक्त दवाव पर्छ । त्यही कारण आर्थराइटिस, ब्याक पेन, मसल्स पेनको समस्या हुनसक्छ ।

सुझाव

– डेढ इन्च भन्दा अग्लो हाइ हिल लगाउनु हुन्न ।

– यदि हाइ हिल लगाउने हो भने यादकदा वा विशेष अवसरमा मात्र लगाउनुहोस् ।

 

 

२. कसिलो जिन्स

फेसनमा फिटिङ्स जिन्सको पुनरावृत्ति भइरहन्छ । कसिलो जिन्स लगाउने फेसन अहिले पनि चलेको छ । चाहे जिन्स होस् वा ट्राउजर, कसिलो पहिरनले रक्त प्रवाहमा वाधा गर्छ । साथै यसले यौनाङ्गमा पनि संक्रमणको भय हुन्छ ।

सुझाव

– फिटिङ्सको चक्करमा धेरै कसिलो लुगा लगाउनु हुन्न । पहिरन सहज हुनुपर्छ ।

३. गलत साइजको ब्रा

एक अध्ययन अनुसार अहिले पनि ८५ प्रतिशत महिला गलत साइजको ब्रा लगाइरहेका हुन्छन् । यहि गल्तीले गर्दा उनीहरुलाई कम्मर, घाटी, छाती दुख्ने समस्या हुन्छ । सास फेर्न कठिन हुन्छ । रक्त संचारमा वाधा पुग्छ । साथै राती सुतेको अवस्थामा ब्रा खोल्नैपर्छ ।

सुझाव

– ब्रा खरिद गर्दा सहि साइज नै खोज्नुहोस्, जसलाई लगाउँदा सहज अनुभव होस् ।

४. सस्तो एवं सिन्थेटिक इनरवेयर

खासगरी महिलाहरु सिन्थेटिक एवं फेब्रिक  इनरवेयर लगाउन मन पराउँछन्, जो हेर्दा सुन्दर देखियोस् । तर, यो लगाउँदा त्यती आरमदायक हुँदैन । सस्तो इनरवेयर लगाउँदा इन्फेक्सनको भय पनि हुन्छ ।

सुझाव

– सस्तो र हेर्दा राम्रो देखिने होइन, राम्रो गुणस्तरको इनरवेयर खरिद गरौ ।

५. हेभी ब्याग

कुर्ता सुरुवालमा होस् वा साडीमा, लेहेंगामा होस् वा जिन्समा, अक्सर युवतीहरु पहिरनको कम्बिनेसन मिलाएर ब्याग बोक्न रुचाउँछिन् । तर, आवश्यक्ताभन्दा गह्रौं ब्याक स्वास्थ्य मैत्री हुँदैन ।

सुझाव

– सकेसम्म हल्का र स्टाइलिश ब्याग बोकौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment