Comments Add Comment

झापा मिलन समाज कोरियाको ५ औं अधिबेशनको तयारी पूरा

१२ जुलार्इ, सुवन । कोरियामा रहेका झापालीहरुको साझा संस्था झापा मिलन समाजको ५ औं अधिबेशन आगामी अगस्ट ६ तारिखमा दोङ्देमुनमा रहेको नेपाल हाउसमा हुने भएको छ ।

अधिबेशनको तयारी पूरा भएको समाजले जानकारी दिएको छ । अधिबेशनलाई सब्य, भब्य र ब्यबस्थित बनाउन प्रचारप्रसारको लागि समिति गठन गरिएको छ ।

समाजका बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापाको संयोजकत्व गठित समितिमा सचिव सुशिल मैनाली,सुरज के.सी.,युबराज दाहाल, नरहरि फुँयाल,आनन्द अधिकारी, यूवराज चापागाई, पुस्कर श्रेष्ठ, मंगल सुब्बा, सुरेन्ऽ नाल्बो, अजय श्रेष्ठ, खेमराज लुईटेल, ओमप्रकाश पाठक लगायत सदस्य रहेका छन् ।

२००७ मा स्थापना भएको समाजले कोरियाको नेपाली समुदायहरुमा आफ्नो अमूल्य सहभागिता जनाउदै आएको छ ।

आपतबिपत्को समयमा कोरियाको नेपाली समुदायहरुमा सहयोग र सहकार्य गर्दै आएको छ ।

बिगत पाँच वर्षदेखि आपतबिपत्मा परेको नेपालीहरको लागि सुवनमा आफ्नै घर लिई पाथिभरा हाउस सेल्टर सञ्चालन गर्दै आएको छ ।

समाजले एक वर्षअघि कन्काई साङ्गतिीक सौगात नामक सांस्कृतिक कार्यक्रम भब्यरुपमा सफल गरेको थियो ।

साथ समाजले अधिबेशनलाई भब्यसब्य बनाउनको कोरियामा रहेका संघसंस्थाहरुलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment