२८ असार, काठमाडौं । नेपाल चिकित्सक संघले मिर्गाैला चोरी प्रकरण बारे संसदमा बोल्ने सांसदहरुलाई कार्वाहीको माग गरेको छ ।
नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले चिकित्सा क्षेत्रलाई व्यवस्थापिका संसदका सांसदहरुले बदनाम गराउन खोजेको भन्दै कारवाहीको माग गरेको हो ।
वैठकले व्यवस्थापिका संसद चलिरहेको अवस्थामा केही सांसदहरुले चिकित्सा क्षेत्रलाई नै बदनाम गर्ने गरी अभिव्यक्ति दिएको र चिकित्सा क्षेत्रको ज्ञान विनानै घटनालाई अतिरञ्जित पार्न खोजेको भन्दै संघ भत्र्सना गरेको छ ।
साथै मनमोहन अस्पतालको घटना बिरामीको जीवन रक्षाको लागि भएको र चिकित्सा पद्धति अनुसारनै बिरामीको आफन्तको सहमतिमा मिर्गौला झिकिएकोले घटनालाई अतिरञ्जित बनाउने तथा चिकित्सा क्षेत्रलाई नै बदनाम गर्न खोज्ने गरी अभिव्यक्ति दिने सांसदहरुलाई कारवाहीको माग गर्दै सभामुख ओनसरी घर्ती मगरलाई ज्ञापन पत्र बुझाउने निर्णय संघले गरेको छ ।
संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ,-‘सभामुख ओनसरी घर्तीमगरलाई चिकित्सा क्षेत्रको वास्तविक स्थितिबारे अवगत गराउँदै संसदमा अनावश्यक रुपमा बोल्ने सांसदहरुलाई आवश्यक कारवाहीका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरियो ।’
प्रतिक्रिया 4