+
+
Shares

सरकारतिर आँखा नलाउन कामु प्रधानन्यायाधीशलाई शान्ति समाजको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २९ गते १२:२३

२९ असार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कायम मुकायम प्रधान न्यायाधीस गोपाल पराजुलिलाई भेटी न्यायपालिकाको नेतृत्वले सरकारको नेतृत्व गर्न नहुँने भन्दै ध्यानाकर्षण गराएको छ ।

सुशीला कार्की प्रकरणलाई संकेत गर्दै समाजले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ-‘विगतमा जस्तो न्यायपालिकाको नेतृत्वले सरकारको नेतृत्व गर्ने गलत उदाहरण भविष्यमा नदोहोरियोस् ।’

शान्ति समाजको प्रतिनिधीमण्डलले पराजुलीसँगको भेटमा न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीता लगायतका विषयमा समेत ध्यानाकर्षण गराएको छ ।

बिहीबार भएको भेटमा समाजले अघि सारेको १० बुँदे अवधारणबारे ध्यानाकर्षण गराउँदै समाजले न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्ने, न्यायिक निकायका सबैलाई आवश्क तालिम प्रदान गर्न, संबैधानिक परिषद्ले कुनै पनि पदमा नियुक्तिका लागि सिफारिस गर्दा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने र न्यायाधीश नियुक्तिमा पनि यो मापदण्ड कायम हुनुपर्ने बताएको छ ।

भेटका क्रममा कायम मुकायम प्रधान न्यायाधीस पराजुलीले न्यायिक क्षेत्रको सुधारका लागि आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

प्रतिनिधीमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी,सल्लाहाकार होमकान्त चौलागाइै संस्थापक सदस्य कृष्ण कंडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?