सन्तानको आमा भइसकेपछि अक्सर महिलाहरु आफ्नो सौन्दर्यप्रति उति सचेत हुँदैनन्, जति त्यसअघि हुने गर्छन् । उनीहरु बच्चाको स्यहार-सुसार र पारिवारिक दायित्वले थिचिएको महसुष गर्छन् । र, आफुलाई फिट एन्ड फाइन राख्ने समय अभाव भएको ठान्छन् । बच्चा जन्माइसकेपछि महिलामा चमक उस्तै कायम रहँदैन भन्ने मानसिकता पनि छ । यद्यपी, जमाना फेरिएको छ । पुरातन मान्यता र सोंचहरु पनि फेरिएका छन् । कैयौं उदाहरण छन्, जो आमा बनेपछि उनीहरुले आफ्नो सौन्दर्य गुमाएका छैनन् ।
कसरी गर्ने मेकअप
उमेर अनुसार मेकअप रुल्स अपनाउने तरिका बदल्नुपर्छ । ४० बर्षपछि छाला सुख्खा एवं रुखो हुन थाल्छ । त्यसैले क्लिजिङका लागि क्लिजिङ मिल्क वा क्लिजिङ क्रिम प्रयोग गर्नुपर्छ । यसले छालालाई रुखो नबनाई छालालाई गहिराईसम्म सफा गर्छ ।
उमेर बढ्दै गएपछि देखिने संकेत हो, रोम छिद्र खुला हुनु । समयसँगै यो बढ्दै जान्छ । यसलाई सामान्य अवस्थामा ल्याउनका लागि क्लिजिङपछि टोनिङ गर्नैपर्छ । मोश्चराइजरको कमीले अनुहारमा चाउरीपन देखिन सक्छ । त्यसैले मोश्चराइजर अनिवार्य गरौ । घाममा निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ ।
फेस मेकअप
मेकअपको पर्फेक्ट सुरुवातका लागि सबैभन्दा पहिला अनुहारमा प्राइमरको प्रयोग गरौ । यसमा सिलिकन हुन्छ, जसले अनुहारमा चाहुरी परेको ठाउँ भरिदिन्छ । किनभने मेकअप गरेपछि बुढ्यौलीको संकेत बढी देखिन्छ, त्यसैले मेकअपअघि त्यस्ता कुरा लुकाउनु पर्छ ।
प्राइमरपछि डीडी अर्थात डिफाइङ क्रिम साइनले अनुहारलाई मुलायम बनाउने । यस क्रिममा भएको मिनरल्स र भिटामिनले अनुहारमा चाहुरी पर्न दिदैन । यदि अनुहारमा कुनै दाग धब्बा छ भने त्यसलाई लिक्विड कन्सिलरले कभर गर्नुहोस् ।
आँखाको मेकअप गर्नुअघि अनुहारमा लुज पाउडर लगाएर फेस मेकअप फिक्स गरौ ।
अनुहारको ताजगीका लागि
अनुहारमा चमक कायम राख्नका लागि दुई महिनाको अन्तरमा कोलोजन माक्स आवश्य लगाउनुहोस् । यसले छालालाई कसिलो बनाउँछ । राती अनुहार सफा गरिसकेपछि एएचए क्रिम प्रयोग गरौ । यस उमेरमा तीन, चार हप्ताको अन्तरालमा फेशियल गराउनुहोस् ।
४० बर्षपछि छाला रुखो एवं फुस्रो हुने भएकाले मोश्चराइजर बेस्ड व्यूटी वा स्किन केयर प्रोडक्ट प्रयोग गरौं।
लिप मेकअप
ओंठमा ब्राइड शेड लिपस्टिक लगाउँदा बढी योंग देखिन्छ । यदि तपाईको ओंठ पातलो छ भने त्यसमा ब्राइट शेडको लिपलाइनरले आउटलाइन गर्न सक्नुहुनेछ । र, लिप प्लम्पर प्रयोग गर्न सकिन्छ ।
आइ मेकअप
आइ मेकअपका लागि शिमर, ग्लिटर्स र धेरै लाउड शेड्सको प्रयोग नगरौ, किनभने यसले चाहुरीपन अझ बढी प्रष्ट देखिन्छ । आइ श्याडोका लागि सफ्ट पेस्टल शेड्स प्रयोग गरौ । लिक्विड आइलाइनरको साटो पेन्सिल आइलाइनर प्रयोग गर्नुपर्छ ।
यस उमेरमा आइब्रोज तल झुक्ने हुन्छ । त्यसैले आँखालाई उठाउनका लागि आइपेन्सिलको सहयोगले आर्क बनाउनुहोस् । आर्कलाई पेन्सिलले डार्क बनाउनुहोस् ।
१. पहिरन
मेकअपसँगै पहिरनशैलीमा पनि ध्यान दिनुपर्छ । त्यस्तो पहिरन उपयुक्त हुन्न, जसले भद्दा देखिन्छ । सकेसम्म छरितो पहिरन रोज्नुहोस् । यद्यपी आमा भइसकेपछि शालिन वा भलाद्मी देखिनुपर्छ, जसमा पहिरनको भूमिका अहंम हुन्छ । यस कुरालाई पनि ध्यान दिनुपर्छ कि, आफ्नो पहिरन भड्किलो हुनुहुँदैन ।
२. खानपान
शरीरलाई जवान राख्नका लागि खानपानको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि पर्याप्त पानी पिउने, झोलयुक्त पदार्थ, ताजा मौसमी फलफूल सेवन गरौ । पाचन यन्त्रलाई बलियो एवं चुस्त राख्नका लागि फाइबरयुक्त खानेकुरा सेवन गरौ । एकसाथ धेरै खानेकुराले शरीरलाई भद्दा बनाउँछ । त्यस्तै धेरै नुन, तेल, मसला भएको खानेकुराले शरीरलाई जीर्ण बनाउँछ ।
३. व्यायाम
व्यायामलाई दिनचर्याकै एउटा हिस्सा बनाउनुपर्छ । दैनिक नियमित व्यायाम गर्नाले रोगमुक्त त हुन्छ नै, शरीर लचिलो, चुस्त र फूर्तिलो हुन्छ । यसको सोझो प्रभाव तपाईको सौन्दर्यमा पर्छ । व्यायाम, प्राणयाम, योग विधीपूर्वक गरौ ।
आमा बनेपछि यसरी घरैमा गर्नुहोस् रोजगारी
धेरैजसो महिलाको जिन्दगीमा एक यस्तो समय आउँछ, जब बच्चाको खातिर जागिर छाड्नुपर्ने । गर्भवती भएपछि नै कति महिलाहरु आफ्नो काममा नियमित समय दिन सक्दैनन् । फलतः जागिर छाड्न बाध्य हुन्छन् ।
अहिलेको अवस्थामा पति-पत्नी दुबै आयआर्जनमा लाग्नुपर्ने राम्रो हो । यसले घरको व्यायभार कम हुन्छ । जब आर्थिक कुराले समस्या निम्त्याउँदैन, घरमा कलह पनि हुँदैन । यद्यपी बच्चा जन्माइसकेपछि घर बाहिर गएर आफुखुसी जागिर खान गाह्रो हुन्छ । बच्चाको रेखदेख गर्नुपर्ने भएकाले घरबाहिरको काम अनुकुल पनि हुँदैन ।
के गर्ने त ?
यदि तपाई पनि यस्तै दशाबाट गुज्रिरहनु भएको छ भने, एउटा काइदा छ । तपाई घरमै बसेर, बच्चाको रेखदेख गर्दै आयआर्जनको बाटोमा लाग्न सक्नुहुनेछ । यसका निम्ति बेबी सिटिङ सर्बोत्तम बिकल्प हुनसक्छ । यसको दोहोरो फाइदा छ । एक त तपाई बच्चाको स्यहार पनि गर्न पाउनुहुन्छ, अर्कोतिर आयआर्जन पनि । कसरी गर्ने त यस्तो रोजगार ?
यसरी सुरुवात गर्ने
– बेबी सिटिङ सुरु गर्नका लागि सबैभन्दा पहिला त तपाईको घरको कोठा यस्तो हुनुपर्छ, जो एकदमै सुरक्षित र खुला होस् ।
– घरको बाहिर एक सानो बोर्ड लगाउनुहोस्, जसले तपाईको बेबी सेटिङको बारेमा अरुले थाहा पाउन सकोस् ।
– बच्चाको खेलौनाहरुको व्यवस्था गर्नुहोस् ।
– खेलौनाका साथै पढ्नका लागि राइम्स, स्टोरी र चित्रको किताब राखौ ।
– बच्चालाई खानका लागि एकदमै स्वस्थ्य मेनु राख्नुपर्छ, जसले अभिभावकहरु निर्धक्क हुन सकोस् ।
– अरु अभिभावकले तपाईको भरमा आफ्नो बच्चा छाड्नेछन्, त्यसैले उनीहरुको भरोसा अनुसार तपाईले जतिसक्दो बच्चालाई
खुसी राख्ने प्रयास गर्नुपर्छ । उनीहरु आनन्दित हुनुपर्छ ।
– बच्चालाई एकै कोठामा मात्र राख्ने होइन, कहिले कहिं बगैंचामा पनि खेलाउने गर्नुहोस् । यसले गर्दा बच्चाहरु रमाउँछन् ।
– आफ्नो समय तालिका बनाएर अभिभावकलाई दिनुहोस्, जस अनुसार उनीहरु आफ्नो बच्चा लान र पुर्याउनेछन् ।
– सुरुवातमा धेरे शुल्क राख्नु हुँदैन ।
– बेबी सिटिङको क्रममा बच्चालाई एक्लो छाडेर कतै नजानुहोस् । यदि आवश्यक परे सहयोगी पनि राख्नुहोस् ।
प्रतिक्रिया 4