+
+
Shares

‘प्रेमगीत २’को कभर प्रतिस्पर्धामा २५० भिडियो छनोटमा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३० गते ११:२३


‘प्रेमगीत २’ले आयोजना गरेको ‘कभर गीत भिडियो’ प्रतिस्पर्धामा ८ सय ५० भिडियो प्राप्त भएका छन् । जसमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि २ सय ५० गीत छनोट गरिएको छ । यी सबै भिडियो युटुबबाट रिलिज गरिएको छ ।

निर्माण कम्पनी आशुसेन फिल्मस्ले दिएको जानकारी अनुसार भदौको दोश्रो साता यी भिडियोबाट उत्कृष्ट १५ भिडियो छानिनेछ । अन्तिम १५ जनाबाट उत्कृष्ट छनोट गरिनेछ । विजेता महिला र पुरुषले १-१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भदौ पहिलो साता युटुबमा भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सीधै उक्त राउन्डका लागि समावेश गरिने भएको छ ।

चलचित्रको शिर्ष गीत ‘कहानी यो प्रेमगीतको’ कभर भिडियोका लागि निर्माणपक्षले आह्वान गरेको हो । साउन १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा छन् । रामशरण पाठक निर्देशित चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?