Comments Add Comment

प्रधानन्यायाधीशमा सिफारिस पराजुलीको सुनुवाई आइतबार

३० असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गोपालप्रसाद पराजुलीको सुनुवाई आइतबार गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकले पराजुलीको सुनुवाई आइतबार गर्ने निर्णय गरेको हो ।

समितिले उजुरीका लागि दिएको १० दिनको म्याद शुक्रबार नै सकिएको छ । यो अवधिमा पराजुलीविरुद्ध कुनै उजुरी नपरेको समितिका सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

आइतबार बस्ने समितिको बैठकमा प्रधान्यायाधीशमा सिफारिस पराजुलीले आफ्ना अवधारणा तथा प्रतिवद्धता व्यक्त गर्नेगरी सुनुवाई कार्यक्रम तय गरिएको पनि समितिले जनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले स्वेच्छिक अवकाश पाएपछि वरिष्ठताका आधारमा सर्वोच्च अदालतका न्यायाधीश पराजुलीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । प्रधानन्यायाधिशमा सिफारिस पराजुलीले हाल कामयमुकामय प्रधानन्यायाधिशको जिम्मवारी सम्हाल्दै आएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment