युटुबमा सार्वजनिक भएको ४९ दिनमै चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो १ करोड पटक हेरियो । छोटो समयमा नै १ करोड पटक हेरिने यो नेपाली चलचित्रको पहिलो गीत हो ।
यही खुशियालीमा चलचित्रको यूनिटले सोमबार काठमाण्डौमा सेलिव्रेशन गरेको छ । भदौ २३ गतेबाट रिलिज हुने यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह र मेनुका प्रधान मुख्य भूमिकामा छन् । गीतको भिडियोमा निश्चल, आशिफ र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । निर्माण कम्पनी जी टु वान प्रोडक्शन र ब्ल्याक हर्सले गीतले १ करोड पटक दर्शकको माया पाएको भन्दै केक काटेर सेलिव्रेशन गरेको छ ।
गैह्रीधारास्थित स्टेशन फाइभमा आयोजित कार्यक्रममा आशिफ र स्वस्तिमाको साथमा संगीतकार राजनराज सिवाकोटी, कोरियोग्राफर कविराज गहतराजले केक काटे ।
चलचित्रका निर्देशक असिम शाहले ५० दिन नपुग्दै नेपाली चलचित्रका गीतका भिडियोले १ करोड भ्यूज पाउनु खुशीको कुरा भएको बताए ।
प्रतिक्रिया 4