३ साउन, नुवाकोट । बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर मंगलबार मध्याह्न एक युवक बेपत्ता भएका छन् ।
नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् ।
साथीहरुसँगै साबेल प्रयोग गरी बालुवा झिकिरहेका समयमा लामालाई त्रिशूलीले बगाएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । लामाको खोजी भइरहेको छ ।
त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन दिनमा साबेल प्रयोग गरी गाडीमा राख्दा दुर्घटनाको जोखिम बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4