Comments Add Comment

सुर्खेत बन्यो तुइनमुक्त जिल्ला

४ साउन, सुर्खेत । सुर्खेत तुइनमुक्त जिल्ला बनेको छ ।

जिल्लामा १२ वटा तुइन रहेकोमा तीनीहरु सवैलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ ।

१२ वटै तुइन रहेको ठाउँमा झोलुंगे पुल निर्माण गरिएको छ । जिल्ला समन्वय समिति अन्तरगत सामाजिक विकास अधिकृत टंकप्रकाश लामिछानेले भने, ‘अब सुर्खेत तुइनमुक्त जिल्ला बनेको छ ।’

पहिले भएका १२ तुइनमध्ये पाँचवटा तत्कालिन जिल्ला विकास समिति र ७ वटा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन डिभिजनले झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेको थियो ।

हाल सुर्खेत जिल्लाभर ९६ वटा झोलुंगे पुलहरु रहेको जिससले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment