Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य, अर्को साता बैंकक जाने


४ साउन, काठमाडौं । अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । ।

शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए । धमनीमा ८०-८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ ।

अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको छ ।

उनी अर्को साता थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् । त्यसअघि एकपटक स्वदेशमै स्वास्थ्य जाँच गर्छु भनेर नर्भिकमा पुगेका उनको मुटुमा समस्या देखिएपछि अपरेशन गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई सन् २०१४ मा हर्ट अट्याक भएको थियो । त्यतिबेला पनि उनको एनजिओप्लास्टी गरिएको थियो ।
राप्रपाको कामनाः पूर्वराजाको शीघ्र स्वास्थ्य लाभ होस्

यसैवीच बुधबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पूर्वराजाको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वाथ्यलाभको कामना गरेको छ ।

कमल थापाको अध्यक्षतामा बसेको बैठकले पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्यलाभको कामना गर्दै प्रस्ताव पारित गरेको राप्रपाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment