४ साउन, डडेलधुरा । नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली डडेलधुरा पुगेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर माथि खनिएका छन् ।
दोस्रो चरणको निर्वाचन सकिएपछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन गर्न डडेल्धुरा पुगेका ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले देउवामाथि निर्वाचनको समयमा आचार संहिताको न्युनतम मर्यादाको समेत उल्लंघन गरेको आरोप लगाए । डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ, प्रचार नै गर्नु पर्दैन, एमाले त नगन्य शक्ति हो, भन्ने भ्रम एमालेले तोडेको बताए ।
सचिव ज्ञवालीले सरकार बाहनाबाजी गर्दै चुनावबाट भागिरहेको आरोप लगाए । ‘कांग्रेस र माओवादीलाई चुनाव नामबाट एक खालको एलर्जी जस्तो भएको छ’ उनले भने ‘तर, उहाहरु चुनावबाट भाग्न पाउन हुन्न ।’
चुवानको वातावरण बनाउन तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
प्रतिक्रिया 4