Comments Add Comment

‘ए मेरो हजुर २’को ट्रेलर रिलिज, साम्राज्ञी र सलिनको जोडी कति सुहायो ?


प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ ट्रेलर रिलिज गरिएको छ । काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा चलचित्रका कलाकार र निर्माणपक्षको उपस्थितीमा ट्रेलर सार्वजनिक गरियो ।
२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । कार्यक्रममा बोल्दै निर्देशक झरना थापाले निकै मिहिनेतका साथ आफूले २० बर्ष लामो चलचित्र यात्रामा सिकेको कुरालाई ‘ए मेरो हजुर २’मा खन्याएको बताइन् ।

यस्तै, चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र राम्रो बनेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरिन् । नव–नायक सलिनमान बनियाँले चलचित्रको गीतसंगीत जस्तै सिंगो चलचित्र नै राम्रो बनेको भन्दै दर्शकबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गरिन् । उनले, कार्यक्रममा संवाद बोलेर पनि सुनाएका थिए । अर्का, कलाकार सलोन बस्नेतले पनि चलचित्रको संवाद सुनाए ।
सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र भदौ १६ गतेबाट नेपालभर रिलिज हुँदैछ । चलचित्रको ट्रेलर कलरफूल छ । यसका संवाद र शैली यूवापुस्ताको मन जित्ने शैलीमा बनेको ट्रेलर हेरेर पनि प्रष्ट हुन्छ ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर’ जहाँ अन्त्य भएको छ, त्यहीबाट चलचित्र सुरु हुने यसका लेखक सामिप्यारज तिमिल्सिनाले बताए । यस्तै, चलचित्रका अर्का लेखक हरिहर अधिकारीले ज्योतीष विद्या अनुसार चलचित्रको हरेक कुरा सेट गरिएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment