६ साउन, काडमाडौं । नेपाल आइडलको टप-१८ बाट बाहरिएकी विद्या तिवारीले आफ्नो पहिलो गीत र भिडियो सार्वजनिक गरेकी छिन् । ‘हेल्लो हाई’ बोलको गीतमा नायिका प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ ।
गीतमा विद्यालाई र्यापर गिरिस खतिवडाले साथ दिएका छन् । सहदेव ढुंगानाले लेखेको गीतमा शिखर सन्तोषले संगीत भरेका हुन् । गीतमा प्रियंकाले खुलेर नाचेकी छिन् ।
भिडियोको निर्देशन र कोरियोग्राफी दिपेन्द्रसिंह ठकुरीले गरेका छन् ।
‘म पहिलो गीत लिएर आएकी छु । मलाई विश्वास छ कि सबैले मेरो पहिलो सांगीतिक प्रस्तुतीलाई मन पराइदिनुहुन्छ’ तिवारीले भनिन् ।
उनले आइडलबाट बाहरिएपछि आफ्नो संगीत यात्रा थप अघि बढ्ने बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4