Comments Add Comment

तीजको गीतमा बेहुली बनिन् दीपा


अविवाहित कलाकार तथा निर्देशक दीपाश्री निरौला एक तीज गीतको भिडियोमा भने बेहुली बनेकी छिन् । ‘बहिनीको भिनाजु’ बोलको गीतको भिडियोमा दीपाश्री बेहुली बन्दा उनकी बहिनी रनुले भने भिनाजु पाएकी छिन् ।

भिनाजुको भूमिकामा भने कलाकार संजोग कोइराला देखिएका छन् । गीतमा दीपाले संजोगलाई आफ्नो श्रीमान् नभनेर ‘नन्दको दाजु, बहिनीको भिनाजु’ भनेर सम्बोधन गरेकी छिन् । प्रशन्न पौडेलको लय तथा शब्दमा तयार भएको गीतमा शोभा थापाको स्वर छ ।

यो भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने, बासु बरालको छायांकन, मिलन बीको सम्पादन भिडियोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment