Comments Add Comment

लार्चा पुल भत्किएको ठाउँमा सरकारले बेलिब्रिज बनाउने

गृहमन्त्री भन्छन्- कोदारी राजमार्ग खुलाउने प्रयास जारी छ

९ साउन, काठमाडौं । सरकारले सिन्धुपाल्चोकको भोटेकोशी नदीको लार्चा पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण गर्ने भएको छ । बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पत्राचारसमेत गरिसकेको सरकारले जानकारी दिएको छ ।

सांसदहरुले उठाएका जिज्ञासाको सोमबार संसदमा जवाफ दिँदै गृहमन्त्री जनार्दन शर्माले भने, ‘बेलिब्रिज तुरुन्त स्थापना गर्नको लागि पहल गरिसकिएको कुरा म सम्माननीय सभामुखमार्फत् जानकारी गराउन चाहान्छु । छिटोभन्दा छिटो त्यहाँ बेलिब्रिज स्थापना गरेर आवागमनलाई सुचारु गरिनेछ ।’

पहिरोले पुल भाँचिदा त्यहाँको आवागमनमा अवरोध आइरहेको रिपोर्ट प्राप्त गर्नेबित्तिकै बेलिबि्रज बनाउन सम्बन्धित निकायहरुलाई पत्राचार गरिसकिएको उनले बताए । त्यहाँ खाद्यान्न लगायतका अरु संकट नपरोस् भनेर गृहमन्त्रालयले आवश्यक तयारी गरेको जानकारी पनि उनले दिए ।

यसअघि एमाले सांसद अमृत बोहोरालगायतले पुल भत्किएको स्थानमा वैकल्पिक आवागमनको व्यवस्था मिलाउन माग गरेका थिए । गएराति झरेको ठूलो पहिरोले पुल भत्काएपछि बाह्रबिसे, तातोपानी लगायत क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्री ढुवानीमा कठिनाइ भएको छ ।

गृहमन्त्री शर्माले देशका बिभिन्न भागमा बाढी पहिरोले क्षति पुर्‍याएको स्थानमा अध्ययन गरी राहत तथा पुनस्थापनाको व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयहरुको टोलीलाई खटाइएको बताए । उनले कोदारी मार्ग खुलाउने प्रयास भइरहेको जानकारी पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment