Comments Add Comment

सान्नी त्रिवेणीमा जनतासँग जनप्रतिनिधि !

गाउँपालिकाको वडा नं. ७ मा सन्चालन भएको कार्यक्रममा सहभागी

१० साउन, कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाकामा जनताका गुनासा सुन्न हरेक महिना जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रम सुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जनताका समस्या र आवश्यकताको पहिचान गर्नका लागि गाउँपालिकामा प्रत्येक महिना जनतासँग प्रत्यक्ष कार्यक्रम सुरु गरेका हुन् ।

स्थानीयको आवश्यकता बुझेर र उनीहरुका प्राथमिकताका विषयको पहिचान गरी सोही अनुसार कार्यक्रम सन्चालनमा ल्याइएको अध्यक्ष शाहीले बताए । ‘जनताको मत पाएर जितेपछि हामीले जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएका छौं ।’ उनले भने, ‘जनतासँग प्रत्यक्ष कार्यक्रमले जनताका समस्या, स्थानीय आवश्यकता बिषयहरु पहिचान हुनेछन् ।’

जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रममा स्थानीय उत्पादन कसरी बृद्धि गर्न सकिन्छ, स्थानीयस्तरमा कसरी विकास गर्न सकिन्छ, कसरी समृद्ध गाउँपालिका बनाउने, स्थानीय मागमा आधारित कार्यक्रमहरु कसरी सन्चालन गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल हुने शाहीले बताए ।

‘जनतासँग प्रत्यक्ष जनप्रतिनीधि जान आवश्यकता छ ।’ उनले भने,’त्यसैले यो कार्यक्रम संचालनमा ल्याएका हौं ।’

गाउँपालिकाको वडा नं. ७ मा पहिलो ‘जनतासँग प्रत्यक्ष जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment