Comments Add Comment

अलविदा सञ्जय…

१० साउन, काठमाडौं । अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते हाइ अल्टिच्युडका कारण मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि नेपाल आइपुगेको छ । उनको गृहजिल्ला प्यूठानको झिम्रुक नदी किनारमा अन्त्येष्टि गरिएको छ । श्रीमती कञ्चनले दागवत्ती दिएकी थिइन् ।

त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि  काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे ।

उनलाई श्रद्धाञ्जलि दिन खेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रका व्यक्तित्वदेखि राजनीतिज्ञसम्म राखेप परिसर पुगेका थिए ।

गृहमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्मा, कांग्रेस युवा नेता गगन थापा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट लगायतले पण्डितको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे । त्यसपछि उनको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै प्यूठान लगिएको थियो ।

सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसकेका २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।

उनले सन् २०१४ मा युरोपको उच्च शिखर एलब्रुसको सफल आरोहण गरी माइनस ६० डिग्रीको चिसोमा ६ मिनेट ३ सेकेण्डसम्म नांगिएर विश्व कीर्तिमान कायम गरेका थिए ।

आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरी उनको शव सोमबार राति काठमाडौं आइपुगेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment