२५ जुलाई, श्रीलंका । नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षगाठ श्रीलंकामा नेपाली विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
दई देशवीचको सम्बन्ध प्रष्ट्याउने गरी नेपाली विद्यार्थी समाज श्रीलंकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्बर प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालका लागि श्रीलंकाका पूर्व राजदूत डब्लु. एम. सेनेबिरत्नाको समेत उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा श्रीलंकाको मोराटुवा विश्वविद्यालयका उपकुलपति आनन्द जयवार्दन लगायत श्रीलंकामा रहेका नेपाली समुदाय र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुवै देशको साँस्कृति झल्किने प्रस्तुतिहरुका साथै नेपाल र श्रीलंकाको सम्बन्धको चर्चा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4