+
+
Shares

मुमाराम अट्ने विवेकशील साझा पार्टीमा बाबुराम अटाउलान् ?

डा. जगन कार्की डा. जगन कार्की
२०७४ साउन ११ गते १५:३६

साझा र विवेकशीलवीच एकता भएको छ । अब फेरि विलम्व नगरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता जरुरी छ । अनि बन्ने छ मजबुत बैकल्पिक शक्ति । यो आजको आम बैकल्पिक शक्तिमा विश्वास गर्ने शुभचिन्तकहरुको भावना हो ।

जसरी नयाँ शक्ति र संघीय फोरमको एकताले गति लिएन, साझा र विवेकशीलको एकताले गति लियो विकल्पको विकल्प र एकता यथास्थितीवादी चरित्र र व्यवहारहरुसँग हुन सक्दैन, भएन ।

बैकल्पिक व्यवहार र आचरण भनेर हैन सायद अभ्यासले ल्याउनेछ । साझा, विवेकशील र नयाँ शक्ति सबै बराबर लचिलो भएर सामुहिक नेतृत्वसँगै अघि बढ्ने अभ्यासले दिगो विकल्प खोज्न सकिन्छ कि ?

विकल्पको नेतृत्व चाहनेहरुले लोकले दिएका विकल्पका संकेतहरू बुझ्न जरुरी छ: हैसियत छोडेर बरिष्ठताको प्रमाणपत्र पेस गरी प्रधानमन्त्रीको पद खान खोज्ने, खानेहरु भन्दा छाक छोडेर देशका लागि लड्ने गोविन्द केसीहरु, तक्मा बेचेर समर्पित हुने महावीर पुनहरू आदरणीय, पुजनीय र प्रसंसनीय किन छन् ?

नयाँ शक्ति, विवेकशील साझा पार्टी एकता प्रयास नहुनुमा मुख्य निम्न कारण देखिन्छन् ।

१. पुरानाहरुको फाटेका जुत्ताको मोल पद र प्रतिष्ठा

नयाँ शक्तिमा भएका पुराना शक्तिको धंगधंगी बोकेकाहरु बिबेकशील, साझासँग बसेर सदाचारिताको राजनीति गर्ने लामो बाटो भन्दा फोरमसँग एकता गरेर आगामी चुनावमा समानुपतिक भए पनि हात पर्ने लोभमा छन् । अर्कोतिर माओबादी केन्द्रतिर राम्रो हात परे उतै लाग्दा फाइदा हुने छोटो बाटो हेर्ने प्रवृति हावी भएको हो कि भन्ने अनुमान छ ।

अझ प्रचण्डले थापेको मन्त्रालयका एम्बुस, प्रदेश सभा प्रमुख लगायत विभिन्न प्रलोभनहरुले केही उताबाट आएकाहरुलाई लोभ्याएको हुन सक्छ | फोरमसँग एकता प्रयास मन्चन गरेर फोरमसँग मिल्न हुने, माओवादी केन्द्रसँग मिल्न किन नहुने भन्ने आधार सिर्जना गर्न पनि हो कि भन्ने बजार हल्लासँगै नयाँ शक्तिले जोडदार उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी मुद्दा उठाएर बाबुराम भट्टराईलार्इ फकाउन प्रपञ्च रचेको देखिन्छ । अझ सके आगामी प्रत्यक्ष निर्वाचित रास्ट्रपति भट्टराईलाई दिने उधारो आस्वासन पनि दिन त हैन ? यीतो संशय गर्नेहरु पनि देखिएका छन् ।

२. वैकल्पिक शक्ति नेतृत्व लिन चाहनेहरुलाई मनको बाघले खाएको अवस्था

बैकल्पिक शक्तिभित्र पनि एकअर्काको अस्थित्व धरापमा पर्ने डरले एकता प्रक्रियामा अवरोध देखिन्छ । प्रश्न नेतृत्व तपाईंहरुले दावी गर्ने हैन, कार्यकर्तालार्इ चुन्न दिनेगरी एकता गर्नु वैकल्पिक राजनीतिले खोजेको हो । यस परिपेक्ष्यमा अधिवेशनलार्इ नेतृत्व चुन्ने जिम्मेवारी दिएर सामुहिक नेतृत्व प्रणालीमा जान समस्या नहुनु पर्ने हो ।

क्षमता र विवेकी नेतृत्वले बाबुराम भट्टराईको ब्यक्तित्वदेखि रबिन्द्रजी तर्सिने, रबिन्द्रजीसँग उज्ज्वलजी तर्सिने गर्नुपर्दैन । मुमारामजीहरुले पनि व्यक्तिगत तुस र स्वार्थभन्दा मुलुकको हितमा भूमिका खेल्न जरुरी छ ।

३. बैकल्पिक शक्तिहरुलाई एक हुन नदिने पुराना मनस्थिति र शक्तिहरुको हावी

बैकल्पिक शक्तिहरु एक भएर चुनावमा गए ठूला पार्टीहरुलाई ठूलो धक्का लाग्ने भएकाले उनीहरु त विभिन्न अफवाह फैलाएर हिंड्ने नै भए, तर नयाँ दलभित्रका पुराना मानसिकताहरुले पनि त्यसमा भूमिका खेलेको देखिन्छ।

४. नयाँ सदाचारको अति र पुराना अवसरवादको खती

नयाँ शक्तिमा पुरानो जुत्ता लगाउनेहरुले युवा र सम्भावना बोकेकाहरुसँग मिल्न, नेतृत्व स्वीकार्नु भन्दा पुरानैहरुसँग मिल्न जोड गरेर आफ्नो हैसियत घटाउनु र केही साझा विवेकशील साथीहरुको चन्द्र लोकबाट आएको नयाँ व्यक्ति मात्र बैकल्पिक हुन सक्ने बुझाइको भ्रमबाट अलिक विलम्व ल्याएको हो ।

हेक्का रहोस् यदी पुरानो सत्ता फाल्ने र देशका लागि केही गर्ने इमान्दार पहल नै हो भने मुमारामजी अटाउन सक्ने ठाउँमा वहाँ भन्दा उत्तम नयाँ बिचार लिएर आएका नयाँ नयाँ शक्तिका साथीहरुले बैकल्पिक शक्तिको उर्जा थप्ने, दिशा निर्देश गर्ने ताकत राक्छन् |

विगतमा नेपालका ३ करोड जनताले कुनै न कुनै दललाई भोट दिएका छन् पार्टीमा नलागेका खोज्ने भए कसरी पार्टी बनाउने ?

कोही व्यक्तिको सास गन्हाउने वा कसैलाई मन नपर्ने भन्दा बैकल्पिक विचारसँग मिल्ने आधार खोजिनु पर्दछ । विचार शून्य अकर्मन्य युवा, सामाजिक सञ्जालका कपीपेस्ट बाघ भन्दा, प्रगतिशील बिचार र इच्छा शक्तिका ध्वनी स्वध्ययनशील बाबुराम भट्टराई जस्ता व्यक्ति यथार्थमा युवा हुन् ।

माके तिर लिएर जान षाड्यन्त्र, घेराबन्दी र उनका विश्वासपात्रहरुलाई नै विभिन्न प्रलोभनबाट कमजोर बनाउने रणनीति भट्टराईले पनि बुझ्नु जरुरी छ ।

एकअर्काको अस्थित्व स्वीकार नगरेर आफ्नो अल्प बुझाइ प्रस्तुत गरेको अवस्था प्रमुख छ । राजनीतिमा सबै टाउका, पुच्छर र सबै आकारका अस्तुहरुको बराबर भूमिका हुन्छ। चेतना भया !

एकता हुन तपाइँहरुलाई फगत पद र प्रतिष्ठाले रोक्यो भन्ने हल्लाले बैकल्पिक शक्ति बनाउने हैन, आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा मात्र लागेको त हैन भन्ने भान भएको छ ।

विवेकशील र साझा पार्टी एकता सराहनीय पहल हो, तर त्यतिले पुग्दैन नयाँ शक्ति यसमा जोडिनु समयको माग हो । नयाँ शक्तिमा नयाँ चाहने साथीहरु पुरानालार्इ विनम्र अनुरोध गरौँ- बैकल्पिक बिचारबारे बुझाउँ, नबुझे नमाने फर्किन दियौं । तर, हामी एकता पहलमा लागौं ।

एकताको अपरिहार्यता

विवेकशीलको युवा शक्ति, साँझको विज्ञता अनि व्यवहारिक कल्याणकारी धारलार्इ नयाँ शक्तिको उत्कृस्ट विचार र सबै विकृति विसंगतिको जरासम्म बुझेको नेतृत्वदेखि कार्यकर्तासम्मको उन्नति, नयाँ शक्तिको हिमाल, पहाड तरार्इ, जातजातिको सदभावसहितको गाउँगाउँ देखि विश्वभरको संगठन सबैको संयोग नै आजको बैकल्पिक शक्तिको शक्ति हो । यसको गठजोडले उत्पन्न हुने शक्ति नै मुलुकले खोजेको साँचो र भरपर्दो विकल्प हो ।

अझ विवेकशील र साझाले मुकुकमा विभिन्न जातजाति , शोषितपीडितले खोजेको अपनत्व अनुसार नयाँ शक्तिले अभ्यास गरेजस्तो समावेशी र समानुपातिक प्रणालीको अभ्यास, इन्द्रेणी राष्ट्रियतालार्इ विश्वासिलो अभ्यास दिने कडी बन्न सक्ने त छँदैछ, आसन्न २ चरणका चुनावमा खाइने झट्काभन्दा पहिले नै अविलम्ब बार्ता समिति बनाएर एकताको पहल सुरु गरियोस् |

साँचो बैकल्पिक शक्ति चाहने अभियन्ताहरुको प्रश्न, संघीय समाजवादी फोरमसँग एकता पहल गर्दैगर्दा साझा र विवेकशीलसँग किन भएन र गरिएको छैन ? सबैको लक्ष मुलुकको हित, बिकास र सम्वृद्धिमा नै हो भने साझा विवेकशीलका साथीहरु किन बहकिनुहुन्छ ? अरुका कुरामा किन डराउनुहुन्छ बाबुराम भट्टराईको ब्यक्तित्व सँग ?

भट्टराई न पार्टी फुटाएर आएका व्यक्ति हुन्, न समग्र मुलुकलार्इ दिशानिर्देश गर्दै पुराना कमीकमजोरी सच्याएर आएका व्यक्ति हुन् ।

बैकल्पिक बिचारमा सहमत भए भोलि राजा ज्ञानेन्द्र, आङकाजी, उपेन्द्र यादव वा गगन थापादेखि रविन्द्र अधिकारीहरुलाई पनि स्वागत गर्ने स्थान बनाउन जरुरी छैन र ? बैकल्पिक राजनीतिक दलको उद्देश्य जनचेतनासँगै, जनमत निर्माण र पुरानाहरुलाई नयाँमा परिवर्तन गर्नु हैन र ?

लेखक
डा. जगन कार्की

बेलायतमा प्राध्यापनरत डा. कार्की रेमिट्यान्स र वित्तीय समावेशिता सम्बन्धी अनुसन्धाता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?