१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ । दुई दलबीचमा एकताको अन्तिम टुंगो लागिसकेको छलफलमा सहभागी दुवै दलका नेताहरूले बताएका छन् ।
दुई दलको एकताको बारेमा जानकार स्रोतले अनलाइनखबरलाई बताए अनुसार एकता घोषणा गर्ने तयारी समेत गरिएको छ । दुई दलको उच्चस्तरीय संवादपछि एकताको टुंगो लागेको जानकारी गराइएको छ ।
एकताबारे जानकार स्रोतले भन्यो, ‘एकता हुनेमा सहमति जुटेको छ । सम्भवत: एकताको घोषणा सभा पनि गर्न सक्छौं ।’ रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरुसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो ।
वैकल्पिक शक्तिहरूसँग एकता गर्ने विषयमा विवेकशील साझाका नेताहरु पनि संवादमा जुटिरहेका थिए ।
बुधबार पनि दुई दलका नेताहरूबीच छलफल चलेको थियो ।
प्रतिक्रिया 4