Comments Add Comment

बलिउडमा स्टार क्रेज कम भयोः काजोल


‘दिलवाले दुल्हनिया ले जायंगे’ बाजीगर, कुछ कुछ होता है’ जस्ता चर्चित बलिउड चलचित्रमा काम गरेकी छिन् काजोलले । उनले बच्चाकै लागि भनेर फिल्मी करिअरको बलिदान नदिएको बताइन् ।

९० को दशकमा काजोल अत्याधिक चर्चित थिइन् , जब अजय देबगणसँग विवाह गरिन् त्यसपछि उनले छानेर मात्रै चलचित्र खेल्न थालिन् । साथै उनले बच्चाको लागि कुनै त्याग गर्न नपरेको बताइन् । आफ्नो बच्चालाई जीबनको महत्वपूर्ण हिस्सा मान्ने काजोल चलचित्रलाई जीवनको एउटा हिस्सा मान्छिन् ।

बलिउड कलाकारका छोरा छोरी वेला वेलामा मिडियामा छाउछन् । तर, काजोलको नायसा र छोरा युग मिडियाबाट टाढै छन् । मिडियामा आएपनि अन्जानमै दवाव बढ्ने भन्दै मिडियावाट बच्चा बच्चीलाई टाढै राखेको उनको भनाई थियो ।

श्रीमान अजयसँग सल्लाह गरेरै बच्चा बच्चीलाई मिडियाबाट टाढा राखेको धारणा राख्ने काजोलले छोरा छोरीलाई कुनै दवाव नदिने बताइन् । ‘भविष्यमा जे गर्छन् उनीहरुकै इच्छा अनुसारै गर्छन् हामी कुनै दवाव दिदैनौ’, उनले भनिन् ।

बलिउड चलचित्र उद्योगमा २५ वर्ष बिताएकी काजोल पहिलाको तुलनामा अहिले स्टारको क्रेज कम भएको बताउँछिन् । चलचित्र उद्योग ब्यवसायिक भएको धारणा राख्ने काजोल नयाँ र सिर्जनशील ब्यक्तिको आगमनले चलचित्र उद्योग वृहत हुँदै गएको धारणा राखिन् ।

कुनै समय क्षेत्रिय चलचित्र नगर्ने घोषणा गरेकी काजोलले अहिले तमिल फिल्मस्टार धनुषसँग काम गरिन् । तमिल चलचित्रमा काम गर्दा भाषागत समस्या परेको भन्दै उनले भनिन्-‘यसवाट पाठ सिकेँ अब म चीनीयाँ चलचित्रमा पनि काम गर्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment