१३ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी महाधिवेशनको तयारीमा जुटेको छ ।
शुक्रबार बसेको संघीय परिषद बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् । यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् । तर, बैठकले डा. भट्टराईलाई पार्टी संयोजक चयन गरेको एक नेताले जानकारी दिएका छन् ।
अब केही दिनमा नै ९९ सदस्यीय महाधिवेशन आयोग समिति गठन हुने एक नेताले जानकारी दिए ।
बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठनको प्रस्ताव राखेका थिए । उनल२०७५ को बैशाख महिनासम्ममा पार्टी प्रथम संघीय कमिटी निर्वाचित गर्ने र संघीय महाधवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि विद्यमान केन्द्रीय समितिलाई पुनरावलोकन गरी महाधिवेशन आयोजक कमिटी बनाउने उनको प्रस्ताव छ ।
त्यस अनुसार नै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएको एक नेताले बताएका छन् ।
प्रतिक्रिया 4