Comments Add Comment

लोपन्मुख कुसुण्डा जातिको शब्दकोष सार्वजनिक


१५ साउन, देउखुरी । लोपन्मुख कुसुण्डा जातिको भाषालाई आधार मानेर लेखिएको पुस्तकको विमोचन गरिएकको छ । अनुसन्धानकर्मी उदयराज आले द्दारा लिखित ‘कुसुण्डा जाति र शब्दकोष’को शनिवार लमहीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।

आलेले पाँच वर्षको अध्ययन, अनुसन्धानबाट पुस्तक तयार पार्नु भएको हो । देउखुरी साहित्य तथा सांस्कृतीक मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालाले पुस्तकको विमोचन गरे ।

कोईरालाले भाषा मरेमा सिङ्गो सभ्यता नै समाप्त हुने धारणा राखे । भाषा, संस्कृतिको संरक्षणमा ब्यक्तिगत रुपमा लेखकले पुर्‍याएको योग्दानका उच्च प्रशंसा गरे ।

ज्ञानी मैयाँ कुसुण्डाले कुसुण्डा आफ्नो भाषा लोप हुन थालेकोमा चिन्ता ब्यक्त गरिन् । कुसुण्डा जाती र भाषा शब्दकोषलाई संस्कृत विश्व विद्यालयको लाईब्रेरीमा राखीने जानकारी समेत दिइन् ।

‘अत्यन्तै गहकिलो पुस्तक छ, यो पुस्तकलाई हाम्रो विश्व विद्यालयको लाईवेरीमा समेत राख्छौं’ उनले भनिन्-‘अनुसन्धानमुलक पुस्तकको अध्ययनले विद्यार्थीहरुमा पनि अनुसन्धान गर्ने बानीको विकास गर्दछ ।’

कार्यक्रममा बोल्ने वक्ताहरुले लोपन्मुखक तथा सिमान्तकृत समुदायको भाषा र संस्कृति संरक्षणमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले हाम्रा पुर्खाहरुलाई भुल्न नहुने भन्दै पुर्खाहरुको योग्दानको गहन अध्ययन गरिनुपर्ने धारणा राखे ।

उनले यस्ता अनुसन्धानमुलक कार्यमा सरकारका महत्वपूर्ण निकायहरुको योग्दान आवश्यक पर्नेमा जोड दिए । ८१ वर्षीया ज्ञानी मैयाँ कुसण्डा लोपन्मुख कुसुण्डा जातिको एक मात्र पूर्ण भाषा बोल्न जान्ने ब्यक्ति हुन् । नेपालमा अहिले एक सय ५० जना मात्रै कुसुण्डा जाति रहेको अध्ययनवाट पत्ता लागेको छ ।

‘म मरे भने भाषा पनि लोप हुन्छ, म जीवित रहँदा सम्म यो भाषा बाँचेको छ, मेरो शेष पछि के हुने होला’ कुसुण्डा भाषा बोल्न जान्ने एकमात्रै ज्ञानी मैयाँ कुसुण्डाले भनिन् -‘म मरे भने पनि अव यही पुस्तकले कुसुण्डा जातिको भाषा बचाउने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment