Comments Add Comment

फिल्म भन्दा गीतले हिट बनायो स्वस्तिमालाई


चलचित्र ‘होस्टेल रिटन्र्स’मा काम गरेर नायिका स्वस्तिमा खड्काले कुनै चर्चा पाइनन् । यो चलचित्र चल्यो तर स्वस्तिमा चलिनन् । यसपछि, स्वस्तिमाको बिहे निर्देशक निश्चल बस्नेतसँग भयो । निश्चलसँग बिहे गरेपछि भने स्वस्तिमा निश्चलको कारणले चर्चित भइन् । यसपछि, उनले चलचित्र ‘लभ लभ लभ’मा नायिकाको रुपमा काम गरिन् । चलचित्रले समिक्षकको तारिफ त पायो, तर बक्स अफिसमा खासै चम्किएन ।

स्वस्तिमालाई नायिकाको रुपमा देखाइएका दुबै चलचित्रबाट उनले अपेक्षा गरे अनुसार चर्चा पाइनन् । तर, चलचित्रबाट नपाएको चर्चा स्वस्तिमाले अहिले गीतबाट पाइरहेकी छिन् ।

चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक लोकप्रिय छ । यो गीतमा मात्र नृत्य गरेकी स्वस्तिमा पनि अहिले घर-घरमा हिट भैरहेकी छिन् । एउटा गीतमा नृत्य गर्दा पाएको चर्चा उनले संभवत यसअगाडि २ चलचित्रमा नायिकाको रुपमा काम गर्दा पाएकी थिइनन् ।

यस्तै, हालैमात्र सार्वजनिक भएको चलचित्र ‘नाइलनको साडीमा’ बोलको गीतमा पनि उनको चर्चा भैरहेको छ । शब्द र संगीत चोरिएको भन्दै विवादमा फसेको यो गीतमा नृत्य गरेकी स्वस्तिमा चर्चित छिन् । चलचित्र ‘छक्का पन्जा २’मा उनलाई दर्शकले नायिककाको रुपमा नै देख्न पाउनेछन् ।

चलचित्र ‘२ रुपैयाँ’की मुख्य नायिका मेनुका प्रधान हुन् । तर, एउटा गीतमा नृत्य गरेकी स्वस्तिमा अहिले यो चलचित्रको प्रचारमा समेत सक्रिय छिन् । यसैले, मेनुका भन्दा बढी चर्चा यो चलचित्रबाट स्वस्तिमाको भैरहेको छ ।

गीतमै नृत्य गरेर हिट भएकी स्वस्तिमालाई अब के चलचित्र क्षेत्रमा ‘लक’ लागेको हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment