Comments Add Comment

साम्राज्ञीलाई ‘बहिनी’ बनाउन चाहन्छन् सलिन, तर साम्राज्ञी भन्छिन्-‘सलिन राम्रो श्रीमान्’


नेपाली चलचित्र क्षेत्रमा राइजिङ स्टारको रुपमा नव-नायक सलिनमान बनियाँलाई लिइएको छ । चलचित्र ‘ए मेरो हजुर २’बाट यो क्षेत्रमा प्रवेश गरेका सलिनमान चलचित्र रिलिज नहुँदै चर्चामा छन् । यो चलचित्र भदौ १६ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

सलिनलाई नयाँ मान्छेसँग सुरुमा भेट्दा बोल्न केही लाज लाग्छ । तर, जब उनी खुल्न थाल्छन् त्यसपछि दिल खोलेर कुरा गर्छन् । अनलाइनखबरका लागि ‘ओके मस्ती टक’ गर्ने क्रममा सलिनले निकै खुलेर कुरा गरे । चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनले रमाइलो कुरा गर्दै धेरै कुराहरु साटे ।

साम्राज्ञी र सलिनसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


लभ स्टोरी जनराको यो चलचित्रका लागि आफूले निकै मिहिनेत गरेको सलिनको भनाइ छ । रमाइलो कुरा त के छ भने, नायिका साम्राज्ञीको रोजाइमा परेपछि सलिन ‘ए मेरो हजुर २’मा जोडिन आइपुगेका हुन् ।

‘मस्ती टक’ गर्ने क्रममा सलिनले आफू यूवतीसँग सुरुवातमै खुल्न नसक्ने बताए । कुरा गर्दा राम्रोसँग गरेको खण्डमा आफूले पनि गर्ने नगरेको खण्डमा खासै मतलब नगर्ने सलिनको भनाई थियो ।

चलचित्रको ट्रेलर र गीत रिलिज भएपछि निकै राम्रो प्रतिक्रिया पाएको र यूवतीहरुले प्रेम प्रस्ताव राख्न थालेको सलिनले बताए । यता, नायिका साम्राज्ञीले पनि चलचित्रमा आफूहरुले निकै दुःख गरेको भन्दै चलचित्र चल्नुपर्ने बताइन् ।

रमाइलो कुराकानीका क्रममा सलिनले आफूलाई यो पहिरन लगाउ, त्यो नलगाउ भनेको मन नपर्ने बताए । यस्तै, साम्राज्ञीले पनि कुनै पहिरनमा ठूलो ठूलो स्वरमा कराएर आलोचना गर्ने मानिस मन नपर्ने बताइन् ।

चलचित्रको ट्रेलरमा साम्राज्ञीले सलिनको गालामा थप्पड हानेकी छिन् । सलिन भन्छन्-‘यो दृश्यमा मलाई साम्राज्ञीले ३ पटक थप्पड हानेकी थिइन् । जसमा एकपटक त गालामै लाग्यो ।’

साम्राज्ञीलाई हामीले सोध्यौ, तपाइ सलिनलाई प्रेमी वा श्रीमान् कुन बनाउन चाहनुहुन्छ ? यसमा साम्राज्ञीले ‘श्रीमान्’ भन्ने जवाफ दिइन् । तपाई झरना थापा हुनुभयो भने के कसरी कुरा गर्नुहुन्छ भन्ने प्रश्नमा सलिन र साम्राज्ञी दुबैले निकै रमाइलो कुराकानी गरे । यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

झरना थापाको निर्देशनमा सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो लभस्टोरी जनराको चलचित्र अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment