Comments Add Comment

सत्य घटनामा आधारित शिल्पाको ‘हामी शरणार्थी’

भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हामी शरणार्थी’को बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । नायिका शिल्पा पोख्रेलको अनुपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक विजय केरुङले यसलाई सत्य घटनामा आधारित चलचित्र भएको बताए ।

भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा यो चलचित्र बनेको उनको भनाई थियो । उनले पूर्वका विभिन्न शिविरमा रहेका शरणार्थीको दुःख र कष्टलाई पर्दामा उतारेको बताए ।

नायिका शिल्पा पोखरेल अर्को एक चलचित्रको छायांकनमा व्यस्त रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन सकिनन् । उनले, आफू यो चलचित्रमा दुई भतिज बोकेर भुटानबाट नेपाल आएकी यूवतीको भूमिकामा देखिएको टेलिफोन कुराकानीमा बताएकी छिन् ।

चलचित्रमा शिल्पा पोखरेलको साथमा जीवन भट्टराइको मुख्य भूमिका छ । चलचित्रमा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी रहेको छ ।

चलचित्रमा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment