+
+
Shares

भरतपुर प्रकरणमा सर्वोच्चको फैसला दुःखदः एमाले

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १६ गते १८:२९
फाइल तस्वीर

१६ साउन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसला दुःखद भएको बताएको छ ।

एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले भरतपुर प्रकरणमा सर्वोच्चको फैसलालाई लिएर विशेष प्रस्ताव नै पास गरेको छ । आफू हार्ने भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेको भन्दै मालेले भनेको छ, ‘सुनियोजित ढंगले मतपत्र च्यातिएको तर, मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनु पर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद छ ।’

सर्वोच्चको फैसलाले जनताको अभिमतको अपमान भएको र गलत नजिर बस्ने शंका बढेको एमालेले बताएको छ ।

बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुने भएकाले त्यसको तयारीमा जुटन पनि स्थानीय पार्टीलाई निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउन पनि सरकार र सत्तारुढ दलहरुलाई चेतावनी दिएको छ । संसदमा विचाराधीन संशोधन प्रस्तावमा पार्टीको गम्भिर असहमति रहेको सचिव भट्टराईले बताए ।

एमाले बैठकले काठमाडौंसहित ६ जिल्लाको जिल्ला समन्वय समितिका उम्मेदवार पनि तय गरेको छ । काठमाडौंको जिसस प्रमुखमा शिव बैद्य र उपप्रमुखमा सरिता दाहाल, सिन्धुली जिसस उपप्रमुखमा शंकर बर्मा, दैलेखका प्रमुखमा प्रेमबहादुर थापा र उपप्रमुखमा लक्ष्मी शाह, ताप्लेजुङको प्रमुखमा घनेन्द्र मादेन र उपप्रमुखमा देवीमाया नेपाली, सिन्धुपाल्चोक प्रमुखमा गोपाल तामाङ र उपप्रमुखमा बालकुमारी सपकोटा र धादिङ जिससको प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा बिन्दा दराम नेपालीलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?