+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

महिला हिंसा रोक्न प्रहरीको ‘सेफ्टी पिन’ अभियान, गाडीमा तीन जनाको टोली खटाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १७ गते २०:३०

१७ साउन, काठमाडौं । सार्वजनिक सवारीसाधनमा महिलाहरुमाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय प्रहरीले अभियान नै चलाउन लागेको हो । तीन महिनासम्म यो अभियान चलाइने महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीले जानकारी दिए ।

अभियान अन्तर्गत महानगरमा सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गरिने डीआईजी भण्डारीले बताए । ‘यो कार्यक्रम अन्तर्गत हामी जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम गर्छौं,’ डीआईजी भण्डारीले भने, ‘कानुनी कारबाहीका लागि स्टिङ अपरेसन पनि गर्छौं ।’

महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक यातायातमा तीन जनाको टोली नै खटाइने योजना प्रहरीको छ । ‘हामीले स्टिङ अप्रेसनका लागि तीन जनाको टोली बनाएका छौं,’ उनले भने, ‘त्यो टोली सवारी साधनमै हुन्छ, हिंसा गरेको पाइए त्यहीबाट कारबाही सुरु हुन्छ ।’

तीन महिनासम्म अभियान सञ्चालन भएपछि कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गरी थप योजना बनाइने डीआईजी भण्डारीले बताए । कार्यक्रम प्रभावकारी भए पुनः सञ्चालन गर्न सकिने र नभए नयाँ कार्यक्रम ल्याइने उनले बताए ।

‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रहरुसँग समेत समन्वयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?