मंगलबार, ३१ असोज, २०७४
OnlineKhabar.com

अजय सुमार्गीको ३ अर्बको स्रोत अझै खुलेन, रकम फुकाउन हम्मे

सुवास भट्ट


१८ साउन, काठमाडौं । धनाढ्य अजेयराज सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चार वर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न नसकेका हुन् ।

सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रूपमा परिचित छन् ।

कर छलीमार्फत गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंकमा डिपोजिट छ । उक्त रकम नेपाल स्याटेलाइट टेलिकम कम्पनी प्रालिको पूँजीगत लाभकर छलीलगायतबाट सुमार्गीले आर्जन गरेको हुन सक्ने आशंका छ । उक्त रकम अनुमति नलिई सिधै नेपालको बैंकमा जम्मा गराएका हुन्, सुमार्गीले । सोही कारण उद्योग विभागले पनि त्यसको स्रोतबारे प्रश्न उठाएको छ ।

‘उक्त रकमको स्रोत नखुलेका कारण फुकुवा गर्न सकिएको छैन,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अनलाइनखबरसँग भने । स्रोत नखुलेकाले शंकास्पद रकम बताउँदै राष्ट्र बैंकले बैंक खाता नै रोक्का गरेको थियो । स्रोत खुल्ने कागजात ल्याउन निर्देशन दिइएको डेपुटी गभर्नर शिवाकोटीले बताए । १० लाखभन्दा माथिको कारोबारका लागि अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने कानूनी व्यवस्था छ ।

तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिनुअघि उक्त रकम फुकुवा गराउने प्रयास गरेका थिए ।

प्रचण्डका विश्वास पात्र मानिन्छन्, सुमार्गी । तर, राष्ट्र बैंकको अडानका कारण दाहाल सफल हुन सकेनन् । उक्त रकम गैरकानूनी रहेको राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले बताएका थिए । खतिवडाकै पालामा स्रोत नखुलेसम्म फुकुवा गर्न नमिल्ने राष्ट्र बैंकले बताएको थियो । त्यतिबेला विभिन्न संसदीय समितिमा भएका छलफलमा पनि सांसदहरूले रकम भित्र्याउन नमिल्ने बताउँदै विरोध जनाएका थिए ।

सुमार्गीले ०७० सालमा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । त्यसमध्ये आठ अर्ब रुपैयाँ बैंकबाट निकालिसकेका छन् । बाँकी तीन अर्ब फुकुवा गराउन उनले माओवादी अध्यक्ष दाहाललगायत नेताहरू मार्फत् प्रयास गरिरहेका छन् । ०७० सालमा साढे २५ अर्ब लगानी ल्याउने घोषणा सुमार्गीले गरेका थिए । त्यसका लागि विभिन्न उद्योग, व्यवशायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन लागेको उनको दाबी रहँदै आएको छ ।

उद्योग विभागको वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्रबहादुर बस्नेतका अनुसार सुमार्गीको रकम फुकुवा गर्न प्रक्रिया नै मिलेको छैन ।

वैदेशिक लगानी भित्र्याउन उद्योग विभागको स्वीकृति आवश्यक हुन्छ, त्यसपछि मात्र बैंकमा ल्याउन मिल्छ । ‘तर, उक्त रकम बैंकमा जम्मा भएपछि मात्र स्वीकृतिका लागि विभागमा पेश भयो, सोही कारण स्वीकृति नदिएका हौं,’ बस्नेतले भने, ‘अब त कानूनी वैधता नै सकिएको छ । अब रकम ल्याए नयाँ प्रक्रिया थाल्नुपर्छ ।’

२०७४ साउन १८ गते १०:१६ मा प्रकाशित (२०७४ साउन १९ गते २०:५६मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • nagen लेख्नुहुन्छ    |   २०७४ साउन १८ गते ११:१९

    time limit rakhne ani tyo time limit samma pani shrot khulauna sakenan vane rastriyakaran gare vai halyo ni. feri tyastai vrasta governer aaye vane nikali halchhan ni.

    13
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन १८ गते १३:२६

    प्रचण्डका विश्वास पात्र मानिन्छन्, सुमार्गी ।
    Than it is so crystal clear that this is corruption money “siphoning off Millions of Dollar from the so called company into his own bank account in Vergin Island and coming through as FDI.
    We are really sick and tired to see such horrendous act by our so called TOP LEADER, and their “NAYA NEPAL”!!

    18
    0
    Share

  • Nabaraj लेख्नुहुन्छ    |   २०७४ साउन १८ गते १६:५१

    Laachar sarkar.nisschit samaya simama sampatiko source dekhauna nasake sidha japhat garnuparxa ni ..kaale kaale milera khaau bhaale vaye paxi kaha bata hunxa????

    4
    0
    Share

  • Sudeep लेख्नुहुन्छ    |   २०७४ साउन १८ गते २२:१५

    3 arba ta dekhaoti matra ho sarkar ko aakha bata xalna yo vanda 100 guna badi ko ghotala vako xa

    3
    0
    Share

  • Jolly Shrestha लेख्नुहुन्छ    |   २०७४ साउन १९ गते ६:०७

    देश निर्माणको लागि कोही नेपाली नागरिकले विदेशबाट पैसा मंगाऊँछ भने त्यसमा अवरोध किन? यही तालको कारण देशले उन्नति गर्न सकेको छैन. देश भीतर आउने पैसालाई स्वागत गर्न पर्छ.

    1
    11
    Share

  • Jolly Shrestha लेख्नुहुन्छ    |   २०७४ साउन १९ गते ६:०९

    देश निर्माणको लागि कोही नेपाली नागरिकले विदेशबाट पैसा मंगाऊँछ भने त्यसमा अवरोध किन? यही तालको कारण देशले उन्नति गर्न सकेको छैन. देश भीतर आउने पैसालाई स्वागत गर्न पर्छ. .

    1
    10
    Share

  • Shyam लेख्नुहुन्छ    |   २०७४ साउन २५ गते १५:५७

    I must be lutted money from bank during civil war. Ke kaso mahaan kranti ka nayak dahal. If not where is remaining propery that has been looted by dahal et al. No remainder after division hahaaa

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this