Comments Add Comment

कोरोना कहर: मोरङ र सुनसरीमा थप १२ जना संक्रमितको मृत्यु

२८ वैशाख, विराटनगर । मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहानका राति १२:३० बजे मृत्यु भएको हो । उनलाई वैशाख १९ गते भर्ना गरिएको थियो ।

विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

नोबेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताए ।

नोबेलमै धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । २२ गते भर्ना भएका पुरुषको बिहान ४:३० बजे मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी उनको बिहान ६:३० बजे मृत्यु भएको हो ।

त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार बिहान १:३० बजे मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको मंगलबार बिहान पनि कोसीमै मृत्यु भएको छ । उनी वैशाख १६ गते अस्पताल भर्ना भएकी थिइन् ।

विराटनगर–१० का ६८ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको छ । उनी वैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment