
२८ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ३ हजार ८७६ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सो अवधिमा भारतमा कोरोनाका ३ लाख २९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड २९ लाख ९२ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ४९ हजार ९९२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ३७ हजारभन्दा बढी छ भने तामिलनाडुमा २८ हजारभन्दा बढी छ । केरालामा पनि २७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
भारतमा अहिलेसम्म मानिसहरुलाई १७ करोड २७ लाख डोजभन्दा बढी कोरोना खोप दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4