Comments Add Comment

प्रधानमन्त्रीले गरे मुग्लिन-नारायणगढ सडकको अवलोकन, ढिलासुस्ती गरे कारवाही गर्ने चेतावनी

१८ साउन, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको ‘लाईफ लाइन’ सडकका रुपमा रहेको नारायणगढ-मुग्लिन सडकखण्ड निर्माणका स्थलगत अनुगमन गरेका छन् । साथले काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन पनि दिएका छन् ।

बुधबार भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बदायर लगायतको टोलीलाई लिएर सडक अनुगमन गरेका प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने बताए । ‘यो सडक मुलुकको लाईफ लाइन हो’ प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस् ।’

सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताएका छन् । ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्, उनले भने ‘म तुरुन्त त्यो समस्या समाधान गर्छु ।’

निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि छलफल गरेर समाधान गर्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले मुग्लिन-नारायणगण सडक खण्डको आधाभन्दा बढी २० किलोमिटर अवलोकन गरे ।

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुले तत्काल काम अघि बढाएर दशैसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिए । ‘चाडवाडको समय आउन लागेको छ दैश अघि जसरी पनि सवारी साधान आवतजावत सहज हुने गरी काम गर्नहोस्’ प्रधानमन्त्रीले भने ।

छिटो काम सम्पन्न गर्ने ठकेदारलाई पुरस्किृत र ढिलासुस्ती गर्नेलाई सरकारले कारवाही समेत गर्ने उनले बताए । ‘तपाई ठेकेदारहरुले मुुलुकका लागि यति धेरै महत्व राख्ने यो सडक निर्माणमा ढिला सुस्ती गर्दा यसको चौतर्फी असर हुन्छ । अव समय तालिका बनाएर मलाई बुझाउनुहोस्, सोही अनुसार काम अघि बढाउनुहोस्’ प्रधा

नमन्त्रीले भने ‘काममा कुनै खालको हेलचक्राई भएको पाईएमा जसबाट भएको छ उसलाई म कारवाही गर्छु र राम्रो काम गरेर छिटो सम्पन्न गर्नुभयो भने म पुरस्किृत पनि गर्छु ।’

प्रधानमन्त्रीले सडक निर्माणका क्रममा कामदार लगायत सबैको सुरक्षामा ध्यानदिन पनि ठकेदारहरुलाई निर्देशन दिए । ‘सडक निर्माणमा कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । त्यसैले कामदारको सुरक्षाको लागि सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड अपनाउनुहोस्’ प्रधानमन्त्रीले भने ‘सडकमा हिड्ने बटुवा र यात्रहरुको सुरक्षालाई पनि ध्यान दिएर सडकमा देखिएका जोखिमहरु तत्काल व्यवस्थापन गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment