Comments Add Comment

पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

बुटवल, १८ साउन । बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका दोभानमा खसेको पहिरोले यातायात अबरुद्ध भएको छ ।

यातायात अवरुद्ध भएपछि सडकमा सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा खसेको पहिरोले सडक पुरिदिएको छ ।

दोभान प्रहरी चौकी भन्दा २ सय मिटर पूर्वतर्फ पहिरो खसेको हो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडक खुलाउने प्रयास जारी छ ।

सडकमा ठूलै पहिरोे खसेकाले राती १० बजेसम्ममा सडकको अबरोध हटाउन समय लाग्ने स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
अहिले डोजरले बाटोको पहिरो हटाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment